अपडेट 
२०७७ जेष्ठ १६, शुक्रबार ११:४८

जनकपुरधाम । कोरोना संक्रमणबाट जोगिन लगाइएको लकडाउनको शिक्षक तथा प्रधानाध्यापकले उल्लंघन गर्दै आएको पाइएको छ । धनुषामा बालबालिकालाई भेला पारेर पाठ्यपुस्तक बितरण गरिएको छ ।

पछिल्लो पटक शहीद नगरपालिका ७ स्थित एसएनआर जनता माध्यमिक विद्यालयले बालबालिकाको भेला पारी पाठ्यपुस्तक बितरण गरेका छन् । वडा नम्बर ७ धबौलीको यो विद्यालयले झण्डै २ सयभन्दा बढी बालबालिकालाई भेला पारेर शिक्षकले पाठ्यपुस्तक बितरण गरेका छन् ।

कोरोना संक्रमणबाट जोगिन जारी लकडाउनको उल्लंघन गर्दै बालबालिकाको भेला पारिएको हो । पाठ्यपुस्तक बितरणमा खटिएका शिक्षक रबीन गोहिबार यादवले प्रधानाध्यापकको निर्देशनमा बालबालिका भेला पारिएको बताए । उनले भेला पारिएपनि दूरी कायम गर्न धेरै प्रयास गरेपनि बालबालिकाले नै नमानेको बताए ।

प्रदेश २ मै कोरोना संक्रमित दिन प्रति दिन बढ्दै गएपनि शिक्षक नै सचेत भएका छैनन् ।

यो विद्यालयलका प्रधानाध्यापक श्रीप्रसाद गोहिबारले बालबालिकासँग पाठ्यपुस्तकको नाममा रकम समेत असुली गरेका छन् । पाठ्यपुस्तक लिन गएका कक्षा ९ का छात्र पप्पु यादवले आफूसँग रु ४ सय ८० लिएको बताए ।

रकम लिने प्रअ श्रीप्रसादसँग बारम्बार टेलिफोन सम्पर्क गर्दा समेत उनले फोन उठाएनन् । यो प्रअ त्यहीं हुन जसलाई शहस्द नगरपालिकाका मेयर उदय बरबरियाले फागुन २०७४ मा निलम्बन गरेका थिए । तर पछि प्रअ गोहिबार सोर्स लगाएर पुनः प्रअ पदमै कायम हुन सफल भएका छन् ।

Comment


Related News

Latest News

Trending News