अपडेट 
२०७७ जेष्ठ १७, शनिबार ०६:५०

सर्लाही । सर्लाहीमा गाँजासहित दुई जना पक्राउ परेका छन् ।

मलंगवा नगरपालिका ६ खुटौनाको नहरबाट प्रहरी चौकी खुटौनाबाट खटिएको प्रहरी टोलीले मुसैलीबाट भांडसर तर्फ जाँदै गरेको बीआर ३१एक्स ९८१८ नम्बरको मोटरसाईकलमा गाँजा लग्दै गरेको फेला पारेको हो ।

कार्टुनमा अन्दाजी १२ किलोअवैध लागूऔषध गाँजा लुकाई छिपाई लाँदै गर्दा मोटरसाईकल चालक मलंगवा ३ बस्ने ३० बर्षीय तौसिफ राजा मिकरानी र मोटरसाईकलको पछाडि सबार ३१ बर्षीय अजमल मिकरानीलाई पक्राउ गरिएको सर्लाही प्रहरीका प्रबक्ता एवं डिएसपी मदन कुँवरले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News