अपडेट 
२०७७ जेष्ठ १७, शनिबार ०६:५९

सर्लाही। सर्लाहीमा बिंडी खाने क्रममा एक व्यक्तिलाई ज्यान गुमाउनुपरेको छ । हरिपूर्वा नगरपालिका ५ बस्ने रामसुकुल साहलाई यसरी ज्यान गुमाउनुपरेको हो ।

गत जेठ ११ गते बिंडी खाने क्रममा अचानक उनले लगाएको कपडामा आगो सल्केको थियो । शरीरमै आगो सल्केर सिकिस्त भएका ७० बर्षीय साहलाई उपचारका लागि प्रादेशिक अस्पताल ल्याइएको थियो ।

उनको उपचारका क्रममा बिहीबार राति अस्पतालमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रबक्ता एवं डिएसपी मदन कुँवरले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News