अपडेट 
२०७७ जेष्ठ १७, शनिबार ०९:००

जनकपुरधाम । सरकारी लापर्वाहीकै कारण धनुषाको शहीद नगरपालिका ९ का बिरेन्द्र यादवको सीमा नाकामै ज्यान गुमाउनुपरेको भन्दै उनलाई शहीद घोषणा गर्नुपर्ने माग गरिएको छ । गत बुधबार धनुषाकै जटही नाकामा ३० बर्षीय यादवको मृत्यु भएको थियो ।

पूर्व सांसद शिबधारी यादव नेतृत्वको नेपालि काङ्ग्रेस महासमिति सदस्य सुधिर गोइत , साधु यादव ,युवा नेता शैलेन्द्र चौरवार ,रुपेश यादव ,सरबजित यादव एवं परिवारजनले शुक्रबार धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।

उनीहरुले क्षतिपूर्ती उपलब्ध गराउँदै यादवलाई शहीद घोषणा गर्न पनि उनीहरुले माग गरेका हुन् ।

भारतबाट आउने क्रममा लामो समयदेखि खाना खान नपाएका उनको बेहोस भएर मृत्यु भएको थियो ।

बेहोस भएपछि आफ्ना परिवारजनलाई यादवले फोन गरेर बोलाएका थिए । उनका भाई धीरेन्द्रसहितका केहि व्यक्ति उम्बुलेन्स लिएर गएपनि उनलाई समयमा ल्याउन नदिँदा मृत्यु भएको भन्दै उनीहरुले परिवारजनलाई क्षतिपूर्ती दिई शहीद घोषणा गर्न माग गरेका छन् ।

बीरेन्द्रकै परिश्रमबाट परिवार चल्दै आएको र उनको मृत्युपछि परिवार समस्यामा परेकाले उनीहरुको भरणपोषणको जिम्मा लिन पनि सरकारसँग आग्रह गरिएको छ ।

प्रधानमन्त्री, मुख्यमन्त्री समेतलाई बोद्यार्थ राख्दै बुझाइएको ज्ञापनमा माग पूरा नभए आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।

यसैबीच शहीद नगरपालिकाले उनको परिवारजनलाई रु १ लाख सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । नगरपालिकाले मृतक यादवको परिवारलाई रु १ लाख सहयोग उपलब्ध गराउने बताएका हुन् ।

Comment


Related News

Latest News

Trending News