अपडेट 
२०७७ जेष्ठ १७, शनिबार १२:०६

दिपु मिश्र
रौतहट,जेठ १७

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित एक होटलबाट अबैध यौन काण्डमा सक्रिय ४ जना पक्राउ परेको छ ।
चन्द्रनिगाहपुरको मामा भान्जा होटलबाट अबैध यौन सम्पर्क राखिरहेको बेलामा प्रहरीले दुई महिला दुई पुरुष सहित चार जना लाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका १ बाग्मतीका डण्डबहादुर पुलामी र राजु कुश्वाहा रहेका छन ।
डण्डबहादुर पुलामी बाग्मती माध्यामिक बिद्यालय व्यवस्थापन समितिका बर्तमान अध्यक्ष ,नुनथर विकाश समितिका वरिष्ठ उपाध्यक्ष तथा नेकपाका नेता हुन् । राजु कुश्वाहा भने ढुङ्गा व्यापारी हुन् ।
बिश्वब्यापी रुपमा कोभिड–१९ को महामारीले देश लकडाउन भएको बेला ती दुबैले चन्द्रनिगाहपुरमा रहेको होटल मामा भान्जामा युबती संग शारिरीक सम्बन्ध राखेर बिकृती फैलाएको आरोपमा प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताए ।

प्रहरीका अनुसार,पक्राउ परेका पुलामीको उमेर ६० बर्ष भन्दा माथी रहेको छ । कोरोनाको संक्रमण फैलन नदिन सामाजिक दुरी कायम गर्नु पर्ने अबस्थामा उनीहरु परस्त्री संग लागेको आरोप समेत रहेको छ ।
पक्राउ परेका लाई छुटाउन प्रहरी माथि चौतर्फि दबाब आएकोे डियएपी शाहीको भनाई रहेको छ ।
यो भन्दा पहिलापनि सो होटलबाट पटक–पटक यौन काण्डमा सक्रियलाई पक्राउ गर्दै आएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

Comment


Related News

Latest News

Trending News