अपडेट 
२०७७ जेष्ठ १७, शनिबार २१:५३

जनकपुरधाम । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५५३ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ५७ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद पोखरेलले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभएको छ ।

यसअघि यस प्रदेशमा ९८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यस प्रदेशका आठवटै जिल्लामा एकैपटक सो अवधिमा कोरोना सङ्क्रमित फेलापरेको हो । नयाँ थपिएका ५७ जना सङ्क्रमितमा सप्तरीमा नौ, सिरहामा ११, धनुषामा सात, महोत्तरीमा चार, रौतहटमा १७, बारामा एक र पर्सामा दुई जना छन् ।

यस प्रदेशमा सबैभन्दा बढी रौतहटमा कोरोना सङ्क्रमितको सङ्ख्या १८८ पुगेको छ । पर्सामा तीन भारतीयसमेत गरी १०३, सर्लाहीमा ६२, बारामा ५४, धनुषामा ४९, सप्तरी ४३, महोत्तरी २७ र सिरहा २५ जना कोरोना सङ्क्रमित रहेका छन् ।

Comment


Related News

Latest News

Trending News