अपडेट 
२०७७ जेष्ठ १७, शनिबार २२:११

जनकपुरधाम । प्रदेशमा स्वाबको नमूना सङ्कलन कार्यलाई तीव्र बनाइएको छ ।

आज एकैदिनमा ९४० जनाको स्वाबको नमूना सङ्कलन गरिएको सचिव डा घिमिरेले जानकारी गराउनुभयो । अहिलेसम्म यस प्रदेशमा १२ हजार ५६६ जनाको स्वाबको नमूना सङ्कलन गरिएकामा नौ हजार ९०९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने दुई हजार १०३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या र भारतबाट फर्कनेको सङ्ख्या व्यापकरुपमा बढ्न थालेपछि क्वारेन्टिनको सङ्ख्यामा पनि निरन्तररुपमा वृद्धि भइरहेको छ ।

यस प्रदेशमा ३७१ वटा क्वारेन्टिनमा २५ हजार ३२२ श्ययाको व्यवस्था गरिएको छ । यतिखेर विभिन्न क्वारेन्टिनमा २० हजार ९३३ जना, होम क्वारेन्टिनमा पाँच हजार ७१३ जना र आइसोलेसनमा ३०८ जना बसेका छन् । आइसोलेसन कक्षमा ७४४ वटा श्ययाको व्यवस्था गरिएको छ ।

Comment


Related News

Latest News

Trending News