अपडेट 
२०७७ जेष्ठ १८, आईतवार ११:१४

जनकपुरधाम । आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले प्रदेश २ कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताएका छन् ।

समाजिक विकास मन्त्रालयले गर्दै आएको नियमित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै मन्त्री यादवले प्रदेशमा हाल ५ सय ४९ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको बताए । संक्रमित मध्ये ९८ जना संक्रमितहरु उपचार पश्चात निको भएर फर्किसकेको उनले थपे ।

विश्वब्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरस (कोभिड–१९) ले निम्त्याएको संकटका कारण प्रदेशबासी संकटमा रहेको उनले स्वीकारे । सीमित श्रोतसाधनका बाबजुद प्रदेत सरकार कोरोना विरुद्ध लडिरहेको बताउँदै उनले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि अपनाईने पूर्व तयारी तथा संक्रमण पश्चातको उपचारमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जाहेर गरे ।

यसको लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट समेत विनियोजन गरेको उनले जानकारी दिए ।कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालन गर्न, सरसफाई तथा क्वारेन्टाईन ब्यवस्थापनका कार्यहरु सञ्चालन गर्न, कोरोना भाइरसको नियन्त्रण गर्न लागू गरिएको लकडाउनका कारण कृषकमा पर्न गएको प्रतिकूल प्रभाव न्यूनीकरणका लागि राहत र अनुदानका कार्यहरु गर्ने, कोरोना नियन्त्रण तथा उपचारको क्षेत्रमा कार्यरत्तलाई प्रोत्साहित गर्न आवश्यक कदमहरु अगाडी बढाएको उनले थपे ।

अहिलेको संकटपूर्ण समयमा आवश्यक धैर्यता अपनाउँदै आफु र आफ्नो समुदायलाई कोरोना संक्रमण तथा कोरोनाका कारण निम्तिने संकटहरुबाट सुरक्षित राख्न सबैमा अपिल समेत गरे ।

Comment


Related News

Latest News

Trending News