अपडेट 
२०७७ जेष्ठ १८, आईतवार १७:००

काठमाण्डू ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महाधिवेशन प्रतिनिधि, नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्य रामसमझ चौधरीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

चौधरीको आज धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ५५ वर्षको उमरेमा निधन भएको थियो ।

सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत चौधरीको असामयिक निधनले दुःखित बनाएको उल्लेख गर्दै उहाँको निधनबाट पार्टीले एक कुशल सङ्गठनकर्तालाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।

सभापति देउवाले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । स्व चौधरीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

Comment


Related News

Latest News

Trending News