अपडेट 
२०७७ जेष्ठ १८, आईतवार २०:३१

कञ्चनपुर । भीमदत्त नगरपालिकाले महाकाली अस्पतालको पूर्वाधार, उपकरण तथा सामाजिक सेवा सुधारका लागि रु १० लाख सहयोग गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नूरहरिप्रसाद खतिवडाको उपस्थितिमा नगरप्रमुख सुरेन्द्र विष्टले अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सर र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठलाई सो रकमको चेक आज हस्तान्तरण गर्नुभयो ।

नगरप्रमुख विष्टले महाकाली अस्पताललाई थप व्यवस्थित गर्नका लागि नगरपालिकाले सहयोग गर्दै आएको जानकारी दिनुभयो । उहाँलेभन्नुभयो, “सहकार्य र सहयोगका लागि निरन्तरता दिन्छौँ ।”

Comment


Related News

Latest News

Trending News