अपडेट 
२०७७ जेष्ठ १९, सोमबार ०७:४१

सप्तरी । रुकुम पश्चिम चौरजहारी घटनाका मृतकलाई साँस्कृति सहिद घोषणाको माग गरिएको छ । विश्वकर्मा उत्थान समाज नेपाल सप्तरीले शनिबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको छ ।

ज्ञापनमा घटनाका पीडित परिवारलाई क्षतिपूर्ती शान्ति सुरक्षा, घाइतेहरुको उपचारको व्यवस्था मिलाउन पनि माग गरिएको छ ।

समाजका अध्यक्ष राजेन्द्र विश्वकर्मा र सचिव राजु विश्वकर्माले संयुक्त रुपमा बुझाएको ज्ञापनपत्रमा घटनामा संलग्न दोषीहरु उपर निष्पक्ष छानविन गर्न पीडित समुदायको प्रतिनिधित्व हुने गरी उच्च स्तरीय छानविन समिति गठन गर्न र दोषीहरुलाई हदैसम्मको कारबाही गर्न भनिएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई बुझाइएको ज्ञापन पत्रमा रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ सोती निवासी बीरबहादुर मल्ल र प्रकाशी मल्लकी छोरी सुश्मा मल्ल र जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नंबर ४ का नवराज बिक बीचको प्रेम सम्बन्ध केटाकेटीको सहमतिमा विवाहमा परिणत हुनेक्रममा जेठ १० गते सामुहिक हत्या गरिएको उल्लेख छ ।

ज्ञापन पत्रमा चौरजहारीको घटनाले एक्काइसौं शताब्दीमा पनि यस घटनाले नेपाली समाजलाई लज्जित बनाइएको भन्दै उक्त घटना सुनियोजित ढगले गरिएको दावी गरेको छ । त्यस्तै रुपन्देही जिल्लाको देवदहमा गत शुक्रबार साँझ १३ वर्षीया स्थानीय दलित बालिका अंगिरा पासीलाई २५ वर्षीय वीरेन्द्र भरलेरु बलात्कार गरेको ज्ञापनपत्रमा तर शनिबार बिहान वडाध्यक्ष अमरबहादुर चौधरीसहित समाजका अगुवाहरूको भेलाले बालिकामाथि अन्याय भएको भन्दै वीरेन्द्रलाई नै सजायस्वरूप बालिकालाई श्रीमती स्विकार्नु पर्ने जिम्मा लगाएको उल्लेख छ ।

बलात्कारीकै जिम्मा दिएको अर्को्दिन नजिकैको खरबारीमा मृत भेटिएको घटनाप्रति समेत गम्भिर ध्यानकषर्ण भएको भन्दै १३ वर्षीया अबोध बालिकालाई जबर्जस्ती वा फकाएर शारीरिक सम्बन्ध राख्नु कानुनी र मानवीय रूपमा बलात्कार ठहर गरिएको छ ।

Comment


Related News

Latest News

Trending News