अपडेट 
२०७७ जेष्ठ १९, सोमबार १०:००

जनकपुरधाम ।नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल धनुषाले आइतवार साँझ सरकार बिरुद्ध गरेको मसाल जुलुसमा प्रहरीले लाठीचार्ज गरेकोछ ।

कोरोना भाइरस रोकथाम गर्न सरकार असफल भएको आरोप लगाउँदै तरुण दलको नेतृत्वमा नेपाल विद्यार्थी संघका कार्यकर्ताहरु सम्मिलित जुलुसले सरकार बिरोधी नाराबाजी गरेका थिए ।

रामचोकबाट सुरु भएको मसाल जुलुस भानु चोकमा सभा गर्न लाग्दा प्रहरीले लाठीचार्ज गरेको सहभागिहरुले आरोप लगाएका छन् ।

लाठीचार्जबाट तरुण दलका नेताहरु विजय यादव, रमेश यादव लगायत घाइते भएको बताइएकोछ ।तर प्रहरीले टायर खोस्ने क्रममा समान्य बल प्रयोग गरिएको प्रहरीले जनाएकोछ ।

कोरोना भाइरसको संक्रमण रोक्न संघीय र प्रदेश सरकारी संवेदनशिल नभएको जनाउँदै युवाहरुले विरोध गरेका थिए ।उनीहरुले कोरोना भाइरसको नाममा व्यापक भ्रष्टाचार भइरहेको आरोपपनि लगाए ।

Comment


Related News

Latest News

Trending News