अपडेट 
२०७७ जेष्ठ १९, सोमबार १०:२७

सिरहा । दुई बर्षअघि एक व्यक्तिको घाँटी रेटेर हत्या गरी फरार रहेका सिरहाका एक व्यक्ति आफ्नो ससुरालीबाट पक्राउ परेका छन् ।

मिर्चेया नगरपालिका १ बस्ने २० बर्षीय इन्दल भनिने रुपेश यादवलाई मिर्चेया नगरपालिकाकै वडा नम्बर ११ सितापुरस्थित ससुरालीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यादवले गत २०७४ साल असोज २३ गते सिरहाकै कर्जन्हा नगरपालिका १० निवासी ३६ बर्षीय शशीभूषण प्रसाद साहलाई कुटपिट गर्दै घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गरी फरार रहेका उनलाई ससुराली घरमा लुकेको अवस्थामा प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई सिरहा जिल्ला अदालतमा पेश गरिने सिरहा प्रहरीका प्रबक्ता बिनोद घिमिरेले जानकारी दिए ।

साहको हत्या घट्नामा सोमन भनिने राम ईश्वर कापरीलाई सिरहा जिल्ला अदालतको २०७४ साल पुस २५ गतेको आदेशले पुर्पक्षको निम्ति कारगार चलान गरिसकिएको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News