अपडेट 
२०७७ जेष्ठ १९, सोमबार १७:३३

सम्पादकीय
कोरोना भाइरससितको युद्धमा सरकारले सातौ पटक लकडाउन थपेकोछ ।मन्त्रीपरिषदको बैठकले लकडाउनलाई जेठ ३२ गते सम्मका लागि लम्बयाएकोछ ।चैत ११ गतेदेखि सुरु भएको लकडाउन निरन्तर सवा २ महिनादेखि जारी छ ।लकडाउन सर्वसधारणका लागि खुकुलो भएकोछ ।

शिक्षण संस्था, सरकारी कार्यालयहरु, कतिपय प्रकारका उद्योग, व्यवसाय, मठमन्दिहरु लगायत लकडाउनको कारण खुलेको छैन् ।विकास निर्माण लगायत झण्डै ३ दर्जन किसिमका उद्योगहरु सञ्चालनका लागि खुल्ला भएका छन् ।किराना पसलहरु खुल्ला रहेपनि कपडा पसलहरु खुल्दैन् ।समाजिक व्यवहार रोकिएकोछ ।लकडाउनले खेतको तरकारी बजार सम्म सहज रुपमा आउन सकेको छैन् ।लकडाउनको कारण खाद्य सामग्रीहरुको मुल्य बढेकोछ ।गुणस्तरहिन खाद्यसामग्रीहरुपनि धमाधम बिक्री भइरहेका छन् ।फलफुलको मुल्यपनि बढेकोछ ।

सरकारले पछिल्लो पटक लकडाउन थप्नुको औचित्य पुष्टि गर्न सकेको छैन् ।देशमा कोरोना भाइरस संक्रमितको संख्या हरेक दिन दोब्बरको हाराहारीमा बढिरहेकोछ ।तर सडकमा मानिसहरुको भारी भीड देखिन्छ ।बैंकको कारोबारमा रेमिट्यान्स बाहेकमा अब धेरै फरक परेको छैन् ।क्रमिक रुपमा बैंकहरु पुरानो लयमा फर्कन थालेकोछ ।बैंक नियमित खुल्न थालेपछि त्यहाँ भीडपनि अत्यधिक हुन थालेकोछ ।सरकारले लकडाउन भनेपनि त्यसको कार्यान्वयन केहि निकाय बाहेक अत्यन्त फितलो छ ।लकडाउनमा बजार, व्यवसाय बन्द गरेर मानिस घरमा बस्नु पर्ने हो ।तर पसलहरु खुल्ला नरहेको समयमा पनि सडकमा मानिसहरुको आउजाउ भइरहन्छ ।

सुरक्षाकर्मीहरु संक्रमित हुन थालेका छन् ।उनीहरुलाई आवश्यक स्वास्थ्य उपकरणको अभाव छ ।क्वारेन्टाइन र आइसोलेशन व्यवस्थित नभएको कारण मानिसहरु त्यहाँ रहन चाहदैनन् ।सरकारले क्वारेन्टाइन र आइसोलेशन सञ्चालनको जिम्मेवारी पालिकाहरुलाई दिएको छ ।प्रदेश सरकार भूमिकाविहिन अवस्थामा छ ।प्रमुख जिल्ला अधिकारीहरुलाई भ्याननभ्याइ भएकोछ ।पालिकाका प्रमुखहरुसित बैठक, सीमामा निगरानी, पास वितरण, बजारको समय निर्धारण लगायत कोरोना भाइरससितको लडाइमा सम्पूर्ण कार्य जिल्ला प्रशासन कार्यालयबाट नै भइरहेकोछ ।

सरकारले लकडाउनको समय थपेपनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा अनेक प्रकारको विकृती बढाएकोछ ।लकडाउनमा चोरी बढेकोछ ।सडकमा महिलाहरुको घाँटी, नाक, कानबाट गरगहना दिनमै खोसेर भाग्न थालिएकोछ ।सरकारले अब लकडाउनको भन्दा समाजिक दुरीलाई कायम राख्न नागरिकलाई सचेत गराउनु आवश्यक छ ।भीडभाड हुन नदिन सरकारले व्यापक कडाइ गर्नुपर्छ ।समाजिक दुरीलाई पालना गराउदै सरकारले पीसीआर टेस्टमा विशेष ध्यान दिनुपर्छ ।समयमै टेस्ट नभएको कारण देशमा कोरोना भाइरस पोजिटिवको संख्या अत्यधिक बढन थालेकोछ ।

अझैपनि टेस्ट भइरहेकोछ ।टेस्टको गतिलाई तत्काल तिव्रता दिन सरकारले आवश्यक संख्यामा भीटीएम लगायतका किटहरु मगाउनु पर्छ ।किटको अभाव र टेस्ट मेसिनहरुको कमिको कारण पीसीआर परिक्षण सुस्त भएकोछ ।पीसीआ टेस्ट व्यापक नबनाइए लकडाउन लम्बयाउनुको खासै औचित्य छैन् ।समाजिक दुरीको पालना र पीसीआर टेस्टमा केन्द्रित नभए सम्म कोरोनाभाइरस बिरुद्धको युद्ध जित्न सहज हुने छैन् ।

Comment


Related News

Latest News

Trending News