अपडेट 
२०७७ जेष्ठ २०, मंगलवार ०८:५८

राकेश यादव
गौर
।रौतहटमा कोरोना भाइरस (कोभिड– १९) संक्रमण सोमवार थप १८ जनामा पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ सय ३४ पुगेकोछ ।

प्रदेश २ को ८ जिल्ला मध्ये सर्वाधिक संक्रमितको संख्या रौतहट जिल्लामा नै रहेकोछ ।संक्रमितको संख्या अत्यधिक बढेपनि पीसीआर टेस्टमा भने व्यापक कमि आएकोछ । मन्त्रालयका अनुसार सोमवार ४ सय ७१ जनाको स्वाब संकलन गरिएको समेत १ हजार ७ सय ५६ टेस्टको नतिजा आउन बाँकी नै रहेकोछ ।

रौतहटको परोहा नगरपालिकाको क्वारेन्टिनमा १४ र यमुनामाई गाउँपालिकाको क्वारेन्टिनमा ४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकोछ ।रौतहट जिल्लाको १८ पालिका मध्ये हाल सम्म १५ वटा पालिकामा कोरोना भाइरस संक्रमित फेला परेका छन् । चन्द्रपुर, फतुवा विजयपुर र गजुरा नगरपालिकामा हाल सम्म कोरोना भाइरस संक्रमित देखिएको छैन् ।

जिल्लामा सबै भन्दा बढी राजपुर नगरपालिकामा ८३ जना संक्रमण पुष्टि भइसकेका छन् । इशनाथ नगरपालिकामा ६८ संक्रमित भेटिएका छन् । हाल सम्म फेला परेका सबै संक्रमितहरु भारतबाट आएका नेपाली नागरिक हुन् ।

जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या बढने क्रम तिव्र रहेकोछ ।तर पीसीआर टेस्टको दायरालाई साँगुरो बनाइएकोछ ।जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शनिवार र आइतवारगरि १ हजार मात्र पीसीआर किट आएकोछ ।संक्रमितको संख्या बढने क्रमलाई हेर्दा दैनिक २ हजारको हाराहारीमा स्वाब संकलन र टेस्ट हुनुपर्ने स्वास्थ्य कार्यालयको माग रहेकोछ ।तर प्रदेश र संघीय सरकारबाट समेत आवश्यक मात्रामा सहयोग प्राप्त नभएको कार्यालयका स्वास्थ्यकर्मीहरु बताउँछन् ।

नारायणी अस्पतालको मातहतमा रहेको आरटी पीसीआर मेसिन सोमवारबाट पुनःसञ्चालनमा आएकोछ ।अस्पतालका अनुसार किट लगायतका केमिकलहरु उपलब्ध भएपछि टेस्ट सुरु गरिएकोछ ।शनिवारदेखि पीसीआर टेस्ट बन्द गरिएको थियो ।

संघीय सरकार अन्तरगत रहेको नारायणी अस्पतालमा प्रदेश सरकारले नै १ करोड बढी रकम उपलब्ध गराएर पीसीआर मेसिन सञ्चालन गराएको हो ।

Comment


Related News

Latest News

Trending News