अपडेट 
२०७७ जेष्ठ २०, मंगलवार १२:५२

जनकपुरधाम। सर्लाहीको चन्द्रनगर गाउँपालिका २ मा गर्भवती तथा सुत्केरी आमा भएको ९३ विपन्न परिवारलाई एकीकृत पोषण प्याकेज प्रदान गरिएको छ ।

मिथिला वाइल्डलाइफ ट्रस्ट र भोरको सहकार्यमा देशका १५ जिल्लाका २२५० विपन्न परिवारका गर्भवती तथा सुत्केरी आमालाई उक्त पोषण प्याकेज प्रदान गर्ने योजना अनुरुप चन्द्रनगर २ का ९३ परिवारलाई वितरण गरिएको भोरका कोषाध्यक्ष उमेश कुमार साहले बताए । कोषाध्यक्ष साहकै संयोजन र व्यवस्थापनमा उक्त प्याकेज वितरण गरिएको छ ।

लकडाउनको ६५ दिनसम्म पनि कुनै तहबाट गर्भवती तथा सुत्केरीलाई पोषण सामाग्री नपाएर कुपोषण चपेटा आउदै गरेकालाई प्रतिपरिवार २० किलो चामल, १ किलो दाल, आधा लिटर खानेतेल, आधा किलो सोयाबिन, ३ किलो हरियो तरकारी, १ किलो आयोडिनयुक्त नुन, १ किलो गेडागुडी, १५ वटा अण्डा र स्थानीय स्तरमा उपलब्ध फलफुल केरा र कांक्रो प्रदान गरिएको मिथिला वाइल्डलाइफ ट्रस्टका प्रमुख देव नारायण मण्डलले जानकारी गराए ।

सप्तरीमा भने लकडाउनका पिल्सिएका मुसहर समुदायलाई राहत बितरण गरिएको छ । नेपाली वेलफेयर सोसाइटी युकेले कोरोना संक्रमण प्रभावित सप्तरीको कञ्चनरुप नगरपालिका ५ पथरी रामपुरका ३२ घर परिवारलाई राहत वितरण गरेको हो ।

दलित सरोकार मञ्च नेपालको संयोजनमा प्रतिपरिवार एक बोरा चामल, तीन केजी दाल, तेल एक लिटर र एक पोका नुन उपलब्ध गराइएको मंचका भोला पासवानले बताए ।

विपद्का वेला राज्यले समेत सबैलाई सहयोग उपलब्ध गराउन नसकिरहेका वेला राहत सहयोग गरिएको सोसाइटीका सल्लाहकार डाक्टर बुद्धि नेपालीले बताए ।

Comment


Related News