
तुलसीपुर । दाङमा खुकरी प्रहारबाट एक जना गम्भीर घाइते भएको प्रहरीले बताए ।
दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका – ६ राजापुर निवासी ४३ वर्षीय कृष्ण सुनार गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।
उनका अनुसार आज साँझ साढे ५ बजेतिर सोही ठाउँका ३० वर्षीय सन्तोष सुवेदीले खुकुरी प्रहार गर्दा घाइते हुनुभएका सुनारको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
अभियुक्त सुवेदी भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले बताएको छ ।