अपडेट 
२०७७ जेष्ठ २१, बुधबार ०७:१२

जनकपुरधाम । आइसोलेशनमा रहेका प्रदेश २ का १ सय ५० जना कोरोना संक्रमितलाई इम्युनिटी पावर बढाउने सामग्री प्रदान गरिएको छ ।

अनुसन्धानमा आधारित भोर संस्थाले सर्लाही र रौतहटका १ सय ५० जना संक्रमितलाई ईम्यूनीटी बुस्टर र पोषण सप्लिमेन्ट सामग्री प्रदान गरेको छ ।

प्रति व्यक्ति च्यवनप्राश ५०० ग्राम, चनाको सतुः २ किलो, कागती १० थान, काजू, किसमिस, छोकड़ा, पिस्टा ,बादाम गरी २ सय ५० ग्राम, अस्तीमधु चूर्ण र त्रिफला चूर्णको मिश्रण, अश्वगन्धा चूर्ण ५० ग्राम तथा १४दिन पुग्ने चियापति प्रदान गरिएको भोरका संस्थापक अध्यक्ष राजकुमार मेहताले जानकारी दिए ।

मेहताका अनुसार सर्लाहीको मलंगवाको आइसोलेसनमा ५० जनालाई, कविलासीका ४१, हरीपुरका ९ तथा रौतहटको राजपुर नगरपालिकाका ५० जना संक्रमितलाई यो सामग्री प्रदान गरिएको छ ।

Comment


Related News