अपडेट 
२०७७ जेष्ठ २१, बुधबार ०९:५२

काठमाण्डु ।समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा)नेपालले संसद सचिवालयमा संविधान संशोधन दर्ता गराएको २४ घण्टा नबित्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको तर्फबाटपनि संसद सचिवालयमा मंगलवार संशोधन विधेयक दर्ता गरिएकोछ ।

काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेको बेला मधेशी दलहरुको सहयोगमा काँग्रेसले दर्ता गरेको संविधान संशोधन विधेयकलाई नै पुनः दर्ता गराएकोछ ।नेकाँको मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले दर्ता गराएको विधेयक र समाजवादी र राजपाले दर्ता गराएको विधेयकमा धेरै फरक छैन् ।समाजवादी र राजपाको विधेयकमा लोकपाल लगायतका केहि बुंदाहरु थप गरिएकोछ ।काँग्रेसको संशोधन विधेयकमा भाषा, बैबाहिक अंगीकृत नागरिकता, प्रदेशको सिमांकन, राष्ट्रिय सभामा आरक्षण लगायतका विषयहरु समावेश गरिएकोछ ।

नेपाली काँग्रेसका मधेशपक्षधर नेता प्रदीप गिरिको अग्रसरतामा दर्ता गरिएको विधेयक सरकारले दर्ता गराएको विधेयकसँगै अगाडी बढने बताइएकोछ ।

विधेयक दर्तापछि जनकपुर टुडेसितको संक्षिप्त प्रतिकृयामा काँग्रेस साँसद अमरेश कुमार सिंहले काँग्रेसले पहिले दर्ता गराएकै विधेयकलाई पुनःदर्ता गरिएको बताए ।

तत्कालिन एमालेको असहयोगको कारण पारित हुन नसकेको विधेयकलाई नै अगाडी बढाएको बताउँदै उनले भने, तराई मधेशको मागलाई सम्बोधन नगरे सम्म संविधानमा सबैले स्वामित्वग्रहण गर्न सक्दैन् ।अहिले राष्ट्रिय एकतालाई भावनात्मक रुपमा समेत सुदृढ बनाउन विधेयक पारित गर्नुपर्ने सिंहले बताए ।

काँग्रेस केन्द्रिय समितिको बैठकले यस अघि नै सरकारद्वारा दर्ता गरिएको संविधान संशोधन विधेयकलाई पारित गर्ने निर्णय गरिसकेको छ ।काँग्रेसको समर्थनले संविधान संशोधन गर्न दुई तिहाई बहुमत पुग्नेछ ।तर काँग्रेसले दर्ता गराएको विधेयक चुनावमा मधेश मुद्दा बनाउनका लागि मात्र रहेको देखिन्छ ।

काँग्रेसले दर्ता गरेको विधेयकमा विधेयकमा सांसद गिरि, सिंह, चित्रलेखा यादव, नमिता चौधरी, पद्मनारायण चौधरी, उमाकान्त चौधरी, अभिशेकप्रताप साह लगायतका सांसदहरु संसद सचिवालय पुगेका थिए ।

Comment


Related News

Latest News

Trending News