अपडेट 
२०७७ जेष्ठ २१, बुधबार १५:३८

रौतहट–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १० बाल्चनपुर स्थित घाघी खोलामा जलाउन लागेको अबस्थामा प्रहरीले एक महिलाको शव नियन्त्रणमा लिएको छ ।
बुधबार शंकास्पद अबस्थामा मृत्यु भई लास जलाउन लागेको अवस्थामा प्रहरीले २६ बर्षिय सिमाकुमारीको शव नियन्त्रणमा लिएको हो ।
मृतक महिलाका श्रीमान मुकेश पंडित लाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डियसपी हेम बहादुर शाहीले जानकारी दिएका छन् ।
मृतकका आफ्न्तले शंकास्पद मृत्यु भएको फोनबाट सुचनाका प्रहरीलाई दिएपछि प्रहरीले जालाउन लागेको शव नियन्त्रणमा लिएर चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालको शवगृहमा पठाएको डियसपी शाहीले बताए । मृतकको घाँटिमा निलडाम देखा परेको तथा प्रहरी आउन लागेको थाह पाउने बित्तिकै पंडित परिवारका अन्य सदस्यहरु समेत फरार रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News