अपडेट 
२०७७ जेष्ठ २१, बुधबार १९:५२

मोरंग । विराटनगर महानगरपालिकामा रहेका होटल, रेष्टुुराँ तथा सैलुुनबाहेक अतिआवश्यक पसल तथा व्यवसाय बिहीबारदेखि सञ्चालनमा आउने भएको छ ।

महानगरपालिका अन्र्तगत कोभिड क्राइसीस म्यानेजमेन्ट कमिटीको आज बसेको बैठकले भोलि बिहानदेखि मध्याह्न १२ बजेसम्म पसल सञ्चालन गर्न दिने निर्णय भएको महानगरपालिकाका प्रमुुख भीम पराजुलीले जानकारी दिनुभयो । महानगरपालिकाले सामाजिक दूरी कायम गरी सुुरक्षितरुपमा व्यवसाय सञ्चालन गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुुभयो ।

व्यवसाय सञ्चालन गर्दा जिल्ला प्रशासन कार्यालय र महानगरपालिकाले संयुुक्तरुपमा अनुुगमन गर्ने व्यवस्था मिलाइएको छ । मापदण्ड विपरीत सामाजिक दूरी कायम नगर्ने र तोकिएको समयबाहेक अन्य समयमा व्यवसाय सञ्चालन गरेको पाइएमा कारवाही हुुने महानगरपालिका प्रमुुख पराजुुलीले बताउनुुभयो ।

Comment


Related News

Latest News

Trending News