अपडेट 
२०७७ जेष्ठ २२, बिहीबार ०६:३५

राकेश यादव
गौर
।रौतहट जिल्लाको राजपुर नगरपालिका–९ स्थित बैरियास्थित ठूलो मदरसा क्वारेन्टिनमा बुधवार २ जना स्वास्थ्यकर्मीहरु कुटिएका छन् ।

पीसीआर रिर्पोट निगेटिव आएकाहरुको आरडीटी टेस्ट गरेर घर पठाउन जाँच सुरु गरेका स्वास्थ्यकर्मीहरुको बिरोधगर्दै आक्रमण गरिएको राजपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बैजु ठाकुरले जनाए ।

‘क्वारेन्टाइनमा रहेकाहरु मध्ये ६४ जनाको रिर्पोट पोजिटिव आएको थियो’ उनले भने, २ सय ९ मध्ये बाँकी रहेकाहरुलाई आरडीटी टेस्टगरि घर फर्काउने सहमति अनुसार जाँच गर्न लागेका स्वास्थ्यकर्मीहरुमाथि संघातिक आक्रमण भयो ।आक्रमणमापरि सिनियर अहेव खुर्सीद आलम र रामनरेश साह घाइते भएको ठाकुरले जनाए ।आक्रमणबाट आलमको टाउको फुटेको छ । उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको बताइएकोछ ।

निगेटिव रिर्पोट आएका १ सय ४५ जनापनि आरडीटी टेस्न नै नगराइ घर फर्कन खोजेका थिए ।तर उनीहरुको आरडीटी टेस्ट गर्ने भनिएपछि उनीहरुले स्वास्थ्यकर्मीमाथि आक्रमण गरिएको थियो ।

स्वास्थ्यकर्मीहरुले प्रारम्भमा गरेको २० जनाको आरडीटी टेस्ट मध्ये १० जनाको पोजिटिव आएको ठाकुरले जनाए ।उनीहरुको पोजिटिव भएपछि अन्यले जाँच नगराई नै घर फर्किने प्रयासगर्न स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गरेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी भरत श्रेष्ठले जनाए अनुसार स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्ने ३ जनाको पहिचान भइसकेकोछ ।उनीहरुलाई क्वारेन्टिनमा नै निगरानीमा राखिएकोछ ।घाइते भएका स्वास्थ्यकर्मीहरुबाट निवेदन लिएर उनीहरुमाथि कार्वाही थालिने डीएसपी श्रेष्ठले जनाए ।

क्वारेन्टिनमा बसेकाहरूको आरडीटी परीक्षणका लागि जिल्लाबाट तीन जना स्वास्थ्यकर्मीसहित ९ जनाको टोली खटिएको थियो ।यसअघि इशनाथको जोकहामा रहेको क्वारेन्टाइनमा पनि स्वास्थ्यकर्मीलाई कुटपिट गरिएको थियो ।

Comment


Related News