अपडेट 
२०७७ जेष्ठ २३, शुक्रबार ०८:१५

बीरगंज । पर्साबाट श्रोत नखुलेको २२ लाख रुपैयाँसहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

बहुदरमाई नगरपालिका ५ भौराटारका २० वर्षीय प्रकाश साहलाई २२ लाख ४६ हजार स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको हो । उनलाई छिपहरमाई गाउँपालिका–४ बञ्जारीबाट पक्राउ गरिएको हो । ना ४३ प २८०२ नम्बरको मोटरसाइकलमा आउँदै गर्दा सशस्त्र प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मोटसाइकलको ट्यांकीमा बनाइएको ‘फल्स बटन’ भित्र हजार, पाँच सय, एक सय र ५० दरका नोटहरु बरामद भएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिश्वाले जनाएको छ । रकमको श्रोत खुलाउन नसकेकाले उनलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीको भनाइ छ ।

सशस्त्र प्रहरीले बरामद रकमसहित साहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाएको छ ।

Comment


Related News

Latest News

Trending News