अपडेट 
२०७७ जेष्ठ २३, शुक्रबार ०९:३५

सप्तरी । सप्तरीका पहिलो कोरोना संक्रमित निको भएका छन् । निको भएपछि उनलाई विदाई गरिएको गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल, राजविराजले जनाएको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ हटैल टोलका १८ बर्षीय युवकमा गत बैशाख २९ गते कोरोना संक्रमण देखापरेको थियो । उनलाई सोही दिन गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा ल्याइएको थियो।

२५ दिनपछि उनी निको भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

सप्तरीमा यो युवकसहित ६९ जना कोरोना संक्रमित छन् । संक्रमितको यही अस्पताल र साइकृष्णा अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News