अपडेट 
२०७७ जेष्ठ २४, शनिबार १७:४३

जनकपुरधाम ।प्रदेश २ को प्रि बजेट छलफलमा सहभागि सभासदहरुले गत आर्थिक वर्षको भुक्तानीलाई प्राथमिकता साथ अगामी बजेटमा बिनियोजन गर्न जोड दिएका छन् ।

प्रदेश २ को मर्यादापालकहरुमा कोरोना भाइरस देखिएपछि विहिवार स्थगित भएको बैठक शुक्रवार प्रारम्भ हुँदा गत वर्षको भुक्तानीको विषय उठाउँदै सरकारलाई ‘थेथर’ भएको आरोप लगाए ।

छलफलमा सहभागि विपक्षी पार्टी नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले भने, सरकारलाई जति भनेपनि टेर्दैन, अब त ‘थेथर’ नै भइसकेकोछ ।गत वर्षको भुक्तानी सम्बन्धी प्रि बजेटमा उल्लेखित वाक्यलाई संशोधन गर्न उनले माग गरे ।प्रदेश सरकारले कोरोना भाइरसको बेला सरकारले जनताको ज्यान जोगाउन गंभीर नदेखिएको यादवले आरोप लगाए ।

‘क्वारेन्टाइन, आइलोलेसन र किटको व्यवस्थापन गर्न सरकार असफल भएकोछ’ उनले भने, राहत बाँडेर सरकारले जिम्मेवारी पुरा गर्न सक्दैन् ।

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सभासद सत्रुधन महतोले पनि भुक्तानीको विषयमा केन्द्रित भएर धारणा राखे ।‘भुक्तानी सम्बन्धी बुंदा नम्बर २५ मा आवश्यक प्रकृया पु¥याइ भुक्तानी गरिनेछ’ भनिएकोलाई सोझै बक्यौता रकम भुक्तानी गर्ने लेख्नुपर्नेमा जोड दिए ।

प्रदेश सरकारले गरेको कतिपय कामका लागि उनले धन्यवाद दिए ।‘बजेट सम्बन्धी पूर्व छलफल गराउनु आर्थिक मामिला तथा योजना मन्त्रीको कार्य प्रशंसनीय छ ’सांसद महतोले भने, सदनले दिएको सुझावलाई बजेटमा समावेश गर्नुपनि आवश्यकछ ।

गत वर्ष असार मसान्त सम्मपनि काम हुन नसकेपछि भुक्तानी रोकिएको थियो ।चालु आर्थिक वर्षमा अहिलेपनि सम्झौता हुँदैछ ।गत वर्ष बक्यौता रहेका भनिएका उपभोक्ताहरुले यस वर्षपनि करोडौको माटो र ग्राभेलको काम गरिरहेका छन् ।प्रदेस सभा सदस्यको बजेटपनि उपभोक्ता समिति मार्फत माटो र ग्राभेलमा नै खर्चिदैछ ।वर्षा सुरु भइसकेको बेला कागजमै माटो र ग्राभेल भै बिल भुक्तानी हुने संभावनाछ ।

सत्तारुढ समाजवादी पार्टीका सभासद रामअशिष यादवले हाल सम्म रकम भुक्तानी हुन नसक्नु सरकारको कमजोरी भएको उल्लेखगर्दै भुक्तानी सम्बन्धी वाक्यांशमा संशोधनगरि सोझै भुक्तानी दिने उल्लेख गर्नुपर्ने बताए ।


प्रि बजेट सम्बन्धी छलफलमा सहभागि सभासदहरुले भुक्तानीलाई नै प्राथमिकतामा राखेका थिए ।नेकपाका रामचन्द्र मण्डल, सपाकी करिमा बेगम, राजपाकी रानी शर्मा लगायतका सभासदहरुले छलफलमा भाग लिएका थिए ।

कोरोना भाइरसको संक्रमण बढिरहेको बेला प्रदेशसभाको बैठक विद्युतिय माध्यमबाट गरिने प्रस्ताव सर्वसम्मतीबाट पारित भएकोछ ।

शुक्रबार बसेको बैठकमा समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्र यादवले प्रदेशसभाको बैठक सूचना तथा सञ्चार माध्यमबाट गर्नुपर्ने आवश्यकता रहेको बताउँदै प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधन गर्न गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतीबाट स्वीकृत गरेकोछ ।

प्रदेशसभाको बैठक र संसदीय समितिको बैठक सूचना तथा सञ्चार माध्यमबाट सञ्चालन गरिने संशोधन प्रस्तावमा उल्लेखछ । कार्यसञ्चालन नियमावलीको नियम २२३ लाई संशोधन गरेर त्यसमा विद्युतीय माध्यमबाट हुने संसदको बैठकमा सहभागी सदस्यको सहभागितालाई मान्यता दिइने, बैठकमा पक्ष वा विपक्षमा हुने मतदान प्रकृयामा सांसदलाई सहभागी गराइने र त्यो मतदानलाई मान्यता दिइने उल्लेखछ । विद्युतीय माध्यमबाट हुने संसदको बैठकको विद्युतीय अभिलेख राख्न पनि संशोधनमा व्यवस्था गरिएकोछ ।

सैबीच प्रदेश सरकारको नीति तथा कार्यक्रम शनिवार प्रस्तुत हुने भएकोछ ।नीति तथा कार्यक्रमले कोरोना भाइरसको रोकथाम, कोभिड अस्पताल, कृषी, स्वास्थ्यलाई प्राथमिकता दिएको बताइएकोछ ।सरकारले अधिकांश पुरानै योजना, कार्यक्रमहरुलाई निरन्तरता दिने भएकोछ ।

सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभामा वाचन गर्ने छन् ।अन्य प्रदेशहरुमा छैठौ अधिवेशन सुरु भएपनि प्रदेश २ मा चौथो अधिवेशन नै सुरु भएकोछ ।

Comment


Related News

Latest News

Trending News