अपडेट 
२०७७ जेष्ठ २५, आईतवार ०७:४०

काठमाण्डु ।समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा)का नेताहरु सहमति नजिक पुगेका छन् ।बैठकले दल दर्ताका लागि निर्णय लिने अधिकार महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादवलाई दिएकोछ ।

दल दर्ता सम्बन्धी कागजातहरु तयार गर्ने जिम्मेवारी सांसद लक्ष्मण लाल कर्णलाई दिएकोछ ।आइतवार विहान ९ बजे बस्ने बैठकमा दल दर्ताका लागि नेताहरुको नाम सार्वजनिक हुनेछ ।

दुवै दलका शीर्ष नेताहरुबीच शनिवार राजपाको कार्यालयमा बसेको बैठकले दल दर्ता गर्न आवश्यक कागजातहरु तयार गर्न र एकिकरण सम्बन्धी संयुक्त निर्णयको माइन्युट लेख्ने काम कर्णले सुरु गरेका छन् ।

दुवै दलका नेताहरुबीच कार्यकारी अधिकारका लागि विवाद भएको थियो ।शक्ति बाँडफाँडमा सहमति हुन नसकेको कारण निरन्तर बैठक भइरहेको थियो ।

निर्वाचन आयोगले दल दर्ताका लागि आवश्यक कागजातहरु पेश गर्न दिएको ४५ दिनको समयावधीको आइतवार अन्तिम दिन हो ।

वैशाख १० गते राती पार्टी एकिकरण गरिएको घोषणागर्दै दुवै दलका नेताहरुले ११ गते निर्वाचन आयोगमा प्रतिबद्धता पत्र दर्ता गराएका थिए ।आयोगले ४५ दिन भित्र दल एकिकरण भएको कागजातहरु पेश गर्न समयसीमा तोकेको थियो ।त्यसका लागि दुवै दलले केन्द्रिय समितिबाट निर्णय गरिसकेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी पार्टीलाई फुटाउन दल फुटाउने ऐनलाई अध्यादेशबाट संशोधन गरेका थिए ।समाजवादीका केहि सांसदहरु दल फुटाउने अन्तिम तयारीमा जुटेका थिए ।तर राती नै दुवै दल एकिकरण भएको घोषणा गरिएपछि समाजवादी पार्टी फुट्नबाट तत्काल जोगियो र राजपामाथिको फुट्ने खतरापनि टरेको थियो ।चौतर्फी दबाबपछि सरकारले त्यो अध्यादेश नै फिर्ता लिनु परेको थियो ।

दल दर्ताका लागि शक्ति बाँडफाँड नै मुख्य अबरोध बनेकाले बिधान र घोषणा पत्र तयारी भइसकेपनि सार्वजनिक हुन सकेको छैन् ।झण्डा र चुनाव चिन्हमा विवाद छैन् ।नामपनि सर्वसम्मतीबाट नै टुंगो लागिसकेको छ ।

जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले दलको रुपमा दर्ता गरेपछि संघीय संसद र प्रदेश सभाहरुमा पनि सो ही नामले स्थान छुट्टयाइनेछ ।

Comment


Related News

Latest News

Trending News