अपडेट 
२०७७ जेष्ठ २५, आईतवार ०७:५७

जनकपुरधाम। प्रदेश २ मा कोरोना भाइरस संक्रमितको संख्या देशमै सर्वाधिक रहेकोछ ।तर यहाँ जाँचको अवस्था अत्यन्त दयनिय छ ।

पीसीआर टेस्ट नहुँदा क्वारेन्टाइनहरु कोरोना भाइरसको संक्रमण फैलाउने केन्द्र बन्न थालेकोछ ।क्वारेन्टाइनमा रहेका मानिसहरुको पीसीआर टेस्ट नहुँदा संक्रमण फैलिन थालेकोछ ।प्रदेश २ को ८ वटै जिल्लामा संक्रमितको संख्या हरेक दिन बढिरहेकोछ ।

पालिकाहरुले बनाएको क्वारेन्टाइन र आइसोलेशनको अवस्था दयनियछ ।क्वारेन्टाइनमा रहेकाहरुले टेस्टका लागि अनशन गर्न थालेका छन् ।पालिकाका प्रमुखहरु अब धान्नै नसक्ने अवस्था आइसकेको बताउँछन् ।क्वारेन्टाइनमा ५ सय बढी मानिसहरु रहेका छन् ।पीसीआर टेस्ट नहुँदा कयौं दिन थप बस्नुपर्ने बाध्यताछ ।पालिकाहरुले आरडीटी प्रविधिबाट टेस्ट गराएर क्वारेन्टाइनबाट मानिसहरुलाई घर पठाउन थालेका छन् ।‘स्वाब लिएको २० दिन बितिसक्यो, अहिले सम्म रिर्पोट आएको छैन्’ सबैला नगरपालिकाका मेयर विजय शंकर साहले भने, पीसीआर टेस्टका लागि स्वाब लिन आउँदैन्, लिएपनि रिर्पोट दिदैन् ।

पीसीआर टेस्टको रिर्पोट नआउँदा क्वारेन्टाइनमा रहेका मानिसहरु छटपटिन थालेको जनाउँदै उनले आरडीटी विधिबाट परीक्षण सुरु गराएको बताए ।४ सय जनाको आरडीटी विधिबाट टेस्ट गराउँदा २० जनामा कोरोना भाइरस पोजिटिव देखिएको साहले जनाए ।

पालिकाहरुले आफै लगानीगरि पीसीआर किट उपलब्ध गराउन चाहेपनि टेस्ट गर्न नसकिने प्राविधिकहरुले बताएका छन् ।क्वारेन्टाइनमा २० हजारको हाराहारीमा मानिस रहेकाले उनीहरुको पीसीआर टेस्ट गर्न धेरै समय लाग्न सक्ने प्राविधिकहरु बताउँछन् ।

‘कोरोना भाइरसको संक्रमितहरुलाई घरकै आइसोलेशनमा राख्न प्रादेशिक अस्पतालले भन्न थालेकोछ ’मेयर साहले भने, घरमै आइसोलेशनमा राखिए समाजिक समस्या समेत निम्तिने जोखिम छ ।

‘प्रदेश र संघीय सरकारको कोरोना भाइरससितको लडाइमा सहयोग छैन्’ क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पञ्जियारले भने, प्रदेश सरकारले आइसोलेशन र क्वारेन्टाइनमा समेत सहयोग गरेको छैन् ।पालिका एक्लैले धेरै सम्म थेग्न कठिन रहेको उनले बताए ।

प्रादेशिक क्वारेन्टाइन र आइसोलेशनमा मानिस राख्न बन्द गरिएकोछ ।नेपाली सेनाले तयार गरेको आइसोलेशनलेपनि संक्रमितहरुलाई राख्न सहज छैन् ।

प्रदेशको समाजिक विकास मन्त्रालयका अनुसार पीसीआर विधिबाट टेस्ट गर्न हाल सम्म संकलन गरिएको २१ हजार १६ स्वाब मध्ये ८ हजार ७ सय ५० को नतिजा आउन बाँकी छ ।

सिरहा जिल्लामा शनिवार स्वाब संकलन गरिएको छैन् ।सर्लाहीमा ३ सय ८ र धनुषामा १ सय ४ स्वाब संकलन गरिएकोछ ।पर्सामा ६९, बारामा ८२, रौतहटमा ८७, सप्तरीमा ३ सय ५०, महोत्तरीमा ५७ स्वाब संकलनभएको मन्त्रालयले जनाएकोछ ।

कोरोना भाइरस संक्रमितहरुको संख्या प्रदेशमा १ हजार ६६ पुगिसकेको छ ।रौतहटमा सर्वाधिक ३ सय ९६, सर्लाहीमा १ सय ७६, पर्सामा १ सय ११, धनुषामा १ सय , महोत्तरीमा ८७, सप्तरीमा ७६, बारामा ७० र सिरहामा ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोछ ।

पीसीआर टेस्ट कछुवागतिमा हुन थालेपछि आरडीटी टेस्टमा जोड दिन थालिएकोछ ।हाल सम्म ९ हजार ९ सय ३९ जनाको आरडीटी विधिबाट टेस्ट गरिएकोमा ३ सय ३३ जना पोजिटिव देखिएको मन्त्रालयका प्रवक्ता डा.राम प्रसाद घिमिरेले जनाए ।

मन्त्रालयका अनुसार ४ सय २२ वटा क्वारेन्टाइनमा ३१ हजार ६ सय ३३ बेड छन् । २२ हजार २ सय ३२ जना क्वारेन्टाइनमा रहेका छन् ।प्रदेशमा १ हजार ३ सय ९४ आइसोलेशन बेड रहेकोमा ६ सय ७७ जना भर्ना रहेका छन् ।

Comment


Related News

Latest News

Trending News