अपडेट 
२०७७ जेष्ठ २६, सोमबार ०९:३१

जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेशका डोम, दुसाध, मुसहर र मेस्तरलाई प्रतिपरिवार मासिक ५ हजार रकम उपलब्ध गराउने घोषणा गरेकोछ ।गत वर्षको नीति तथा कार्यक्रममा उनीहरुका लागि आवासगृह बनाइने घोषणा गरेको सरकारले अगामी आर्थिक वर्षदेखि भरणपोषणका लािग रकम उपलब्ध गराइने घोषणा गरेको छ ।

प्रदेश सभामा आईतबार प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि नीति तथा कार्यक्रममा प्रदेश दलित सशक्तिकरण ऐनको कार्यान्वयनमा जोडदिदैं दलित विकास समिति र उच्चस्तरीय जातीय छुवाछुत अनुगमन समिति गठन गरिने उल्लेखछ ।

१० कट्ठा खेत भएका कृषीकर्म गर्ने किसानहरुलाई वार्षिक खातामा १० हजार रुपैया उपलब्ध गराइने सरकारले घोषणा गरेको छ ।मल, बिउबिजनका लागि सो रकम उपलब्ध गराइने नीति तथा कार्यक्रममा जनाइएकोछ ।

‘खेत–खेतमे पानी, हात–हातमे काम’, प्रत्येक पालिकालाई सदरमुकामसँग जोड्ने, प्रादेशिक परिवहन सेवा, संघीयताका लागि आन्दोलन गरेका स्व. गजेन्द्रनारायण सिंह र गणतन्त्रवादी नेता स्व. रामराजा प्रसाद सिंहको शालिक निर्माण जस्ता कार्यक्रमहरुलाई नीति तथा कार्यक्रममा पनि निरन्तरता दिएको छ ।

मुख्यमन्त्री स्वच्छता अभियान अन्तरगत प्रदेशको ८ वटै जिल्लाका प्रादेशिक निर्वाचन क्षेत्रमा कम्तिमा एउटा पोखरीको सौन्दर्यीकरण गरिनेछ ।

दलित तथा विपन्न वर्गहरुको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि प्रदेशका आठ वटै जिल्लामा प्रदेश प्रमुख रोजगार कार्यक्रम संचालन गरिनेछ । कोरोनाका कारण रोजगार गुमाएका युवाका लागि ‘युवा स्वरोजगार तथा उद्यम विकास’ कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेखछ ।

प्रदेश सरकारले कोरोना भाइरसको संक्रमणबाट जोगाउन विभिन्न कार्यक्रमहरुलाई प्रभावकारी रुपमा अगाडी बढाउने जनाएको छ । स्वरोजगारका अवसर सृजना गरी युवाहरुलाई आत्मनिर्भर बनाउन एवं वैदेशिक रोजगारीबाट स्वदेश फर्केका युवाको ज्ञान, सीप, क्षमता र पूँजीलाई प्रभावकारी रुपमा उपयोग गर्न आवश्यक व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएकोछ ।

सरकारले धनुषाधाममा चिडियाखाना र पथलैयामा ट्रमा सेन्टर स्थापना गरिने जनाएकोछ ।प्रदेश सभाले प्रदेश प्रमुखलाई धन्यवाद ज्ञापन गरेकोछ ।

Comment


Related News

Latest News

Trending News