अपडेट 
२०७७ जेष्ठ २६, सोमबार ०९:५१

सिरहा । सिरहा प्रहरीले भरुवा बन्दुक र त्यसमा प्रयोग हुने छर्रा तथा बारुदसहित दुई जनालाई पक्राउ गरेको छ ।

गोलबजार नगरपालिका वडा नम्बर ३ जम्दह कुपगैरी क्षेत्रबाट उनीहरुलाई आईतबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही ठाउँका ६९ बर्षीय कुलबहादुर पुर्वछाने र ६२ बर्षीय तिलकबहादुर थापा छन् ।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको सिरहा प्रहरीका प्रबक्ता बिनोद घिमिरेले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News