अपडेट 
२०७७ जेष्ठ २६, सोमबार १०:००

जनकपुरधाम । धनुषाबाट निर्वाचित प्रतिनिधीसभा सांसद उमाशंकर अरगरियाले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई कोरोनाको समयमा प्रोत्साहन भत्ता दिने बताइएपनि विनियोजन विधेयकमा त्यो कुरालाई नसमेटिनु दुःखद भएको बताएका छन् ।

प्रतिनिधीसभाको आईतबारको बैठकमा बोल्दै अरगरियाले प्रहरीलाई दिइने भत्ताको व्यवस्था गर्न सरकारसँग माग गरे ।‘प्रहरीले कसरी गाडी कुदाउँछ ? तस्करको खुसामत गरेर कि गाउँपालिका अध्यक्षको पछि पछि घुमेर ?’ उनले भने, “छिमेकी मुलुक भारतले कोरोना लाग्ने प्रहरीलाई प्रोत्साहनका लागि रु ५ लाख दिइरहेपनि यहाँ भत्ता समेत कटौति गर्नु ठीक होइन् ।”

१५ बर्ष पहिला भारत सरकारले प्रहरीलाई टाटा कम्पनीको जुन गाडी दिएको छ त्यहीं गाडीबाट अहिले पनि प्रहरीले सुरक्षा दिइरहेको छ उनले भने, “यस्तो अवस्थामा राजिनामा दिन थालेपछि के हुन्छ ?”

सांसद अरगरियाले सीमाको सुरक्षा मधेशीले गर्दै आएपनि मधेशीका लागि बजेटको व्यवस्था नगरिनु दुःखद भएको बताए ।

Comment


Related News

Latest News

Trending News