अपडेट 
२०७७ जेष्ठ २६, सोमबार २०:१४

बर्दिबास : जिल्लामा विभिन्न संचार माध्यममा क्रियाशिल पत्रकारहरुलाई सिटी केयर अस्पताल बर्दिबासले लाइभ जाकेट वितरण गरेका छन् । अस्पतालको प्रागणमा नै संचारकर्मीहरुलाई बोलाएर अस्पतालका प्रमुख सुधिर अग्रवालले जकेट हस्तान्तरण गरेका हुन् ।

अस्पतालका प्रमुख अग्रवालले लकडाउनमा समाचार संकलन गर्न असहज नहोस भन्ने उद्देश्यले महोत्तरी लगायत देशको बिभिन्न जिल्लाहरुमा प्रेस ज्याकेट वितरण गरिएको बताउनुभयो ।

कोरोना संक्रमणको अवस्था बारे स्थलगत रिपोर्टिङ रिपोटीगका समयमा टाढैबाट पहिचानका लागि लाइभ जकेट सहयोग गरिएको व्यस्थापन समितिका अध्यक्ष सुदर्शन काफ्लेले बताए । सहयोगका लागि पत्रकारले अस्पताललाई धन्यवाद दिएका छन् ।

Comment


Related News

Latest News

Trending News