अपडेट 
२०७७ जेष्ठ २६, सोमबार ०९:०४

काठमाण्डु ।समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा) मिलेर गठन भएको जनता समाजवादी पार्टी(जसपा) आइतवार निर्वाचन आयोगमा दर्ता भएकोछ ।

२ जना अध्यक्ष र ३ जना वरिष्ठ नेता सहित ५१ सदस्यीय केन्द्रिय समिति रहेको जसपा आयोगमा विधिवत दर्ता भएको छ ।गत वैशाख ११ गते पार्टी एकिकरण भएको प्रतिबद्धता पत्र निर्वाचन आयोगमा दर्ता गराइएको थियो ।

निर्वाचन आयोगले दल दर्ता सम्बन्धी कागजातहरु बुझाउन दिएको ४५ दिनको समयसीमाको अन्तिम दिन दल दर्ता भएको छ ।आयोगमा जसपाको दर्ता नम्बर १३९२ रहेकोछ ।

महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहेको जसपामा हाल डा.बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेता बनेका छन् ।उनीहरुलाई पनि पदाधिकारीको रुपमा नै राखिएकोछ ।

आइतवार बिहान ठाकुर, यादव र भट्टराईबीच पदीय विभाजनमा सहमति जुटेपछि आयोगमा दल दर्ता भएको हो ।सहमति अनुसार दुवै दलबाट केन्द्रिय समितिमा २४÷२४ जना रहनेछ ।दल दर्ताको क्रममा राजपाको कोटाबाट २६ जना र समाजवादीको कोटाबाट २५ जना रहेका छन् ।समाजवादीबाट २ जना सदस्य थपिने बताइएकोछ ।केन्द्रिय समितिमा कुल ५३ जना रहने छन् ।

यस अघि राजपाको ७ सय ९६ र समाजवादीको ४ सय ३१ सदस्यीय केन्द्रिय समिति रहेको थियो ।राजपाको १ सय ३२ जना पदाधिकारी रहेका थिए ।समाजवादी पार्टीमा २५ जना मात्र पदाधिकारी थिए ।

राजपामा नाताबादले प्रश्रय पाएकोछ ।अध्यक्ष ठाकुरले केन्द्रिय सदस्यमा सम्धी उमाकान्त झालाई भित्र्याएका छन् ।समाजवादी पार्टी फुटाउन अग्रपंगतीमा रहेका रेणु यादव र इस्तियाक राइनपनि केन्द्रिय समितिमा परेका छन् ।

निर्वाचन आयोगले ४५ दिन भित्र दल दर्ताको आधिकारिकता प्रदान गर्ने प्रावधानछ ।आयोगले दल दर्ताको प्रमाणपत्र दिएपछि संघीय संसदमा जनता समाजवादी पार्टीले मान्यता पाउनेछ ।

‘अध्यक्षद्वय ठाकुर र यादवको समान हैसियत र अधिकार रहेकोछ’ एकजना केन्द्रिय सदस्यले भने, बैठकपछि दुवै अध्यक्षको कार्यविभाजन गरिनेछ ।संसदीय दलको नेता अहिले समाजवादी र राजपाका यादव र ठाकुर छुट्टाछुट्टै रहने छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते मध्यरातमा पार्टी एकता भएको थियो । तर पदीय विभाजनमा सहमति जुट्न नसक्दा ४५ दिन सम्म जसपा दर्ता हुने नहुने अन्योल कायमै थियो ।शनिवार राती ठाकुर, यादव र भट्टराईलाई अधिकार दिएपछि शक्ति बाँडफाँडमा सहमति जुटेको थियो ।

गतहप्तादेखि दल दर्ताका लागि दुवै पार्टीका शीर्ष नेताहरुबीच घनीभूत छलफल चलेको थियो ।सहमतिमा समाजवादी पार्टी केहि पछि हटेको देखिन्छ ।तर दुवै दलबीचको एकिकरण ऐतिहासिक भएको जसपाका केन्द्रिय सदस्य एवं सांसद महेन्द्र कुमार यादवले जनाए ।

जसपाको केन्द्रिय समिति सदस्यहरुमा समाजवादीको तर्फबाट राजेन्द्र प्रसाद श्रेष्ठ, नवराज सुवेदी, परशुराम खापुंग, युवराज कार्की, रकम चेमजोंग, रेणु कुमारी यादव, लालबाबु राउत, हिसिला यमी, हेमराज राई, गंगानारायण श्रेष्ठ, रणध्वज कन्दंगवा, रामसहाय यादव, डमरु बल्लभ खतिवाडा, इस्तियाक राइ, दुर्गा सोब, परशुराम बस्नेत, प्रशान्त सिंह, भक्तबहादुर शाह, शुसिला श्रेष्ठ र विजय कुमार यादव छन् ।

त्यसैगरि राजपाबाट महेन्द्र कुमार राय यादव, शरतसिंह भण्डारी, अनिल झा, राजकिसोर यादव, सर्वेन्द्र शुक्ला, वृशेषचन्द्र लाल, गोविन्द चौधरी, जितेन्द्र प्रसाद सोनार, डा.विजय कुमार सिंह, उमाकान्त झा, चन्दा चौधरी, लक्ष्मण लाल कर्ण, मृगेन्द् कुमार सिंह, नवलकिसोर साह, मनिष कुमार सुमन, राजकुमार लेखी, अमृता अग्रहरी, रेशमलाल चौधरी, रामनरेश यादव, केशव कुमार झा, एकवाल अहमद, निर्जला राउत, रमेश प्रसाद यादव र राम कुमार ओझा रहेका छन् ।

Comment


Related News

Latest News

Trending News