अपडेट 
२०७७ जेष्ठ २७, मंगलवार ०८:५४

वीरगञ्ज । सरकारले सातौ पटक थपेको लकडाउनलाई व्यवसायीहरुले पूर्ण रुपमा अवज्ञा गरेका छन् ।प्रशासनको निर्णय विपरित बजार खुलेकोछ ।व्यवसायीहरुले बिहान ११ बजेदेखि नै पसल खोलेपनि प्रहरी प्रशासनले लकडाउनलाई कार्यान्वयन गराउन सकेन् ।

विपद् व्यवस्थापन समितिले जोरबिजोर प्रणाली अन्तरगत पसलहरु खोल्ने निर्णय गरेको थियो ।तर व्यवसायीहरुले त्यसको अवज्ञागर्दै पसल खोलेका छन् ।

जिवकोपार्जन गर्ने बिकल्प बिना नै लकडाउन लम्बयाउन खोजेको आरोप लगाउदै पसल खोलेको बताए ।पसलहरु खोलिनासाथ बजारमा भीडपनि अत्यधिक बढेको हो ।उद्योग बाणिज्य संंंघलेपनि आलोपालो बजार खोल्ने निर्णयलाई कार्यान्वय गर्न व्यवसायीहरुलाई आग्रहगर्दै आएकोछ ।

पसल खोल्दा समाजिक दुरी कायम राख्ने, मास्कको अनिवार्य प्रयोग गर्ने र सेनिटाइजरको व्यवस्था गर्न व्यवसायीहरुलाई आग्रह गरिएपनि सोमवार बिना मास्क र समुहमा मानिसहरु पसलमा किनमेल गरेको देखियो ।

बैंकहरुमापनि भीड थियो ।मोटरसाइकल र हलुका सवारी साधन बजारमा प्रशस्त देखिए ।लकडाउन हटेको महसुसगर्दै उपभोक्ता र व्यवसायीहरु कोरोना भाइरस संक्रमणबाट जोगिन सबै सतर्कता बिर्सेका थिए ।

पर्सा प्रहरी प्रमुख गंगा पन्तले जेठ २३ गते बजार खोल्ने सम्बन्धी गरिएको निर्णय बाहेक अन्य कुनै निर्णय नभएको बताइन् ।‘सबै पसल खोल्ने र समाजिक दुरीको पालना नगर्नाले समस्या बढन सक्छ’ उनले भनिन्, प्रशासनले सर्वपक्षिय छलफलबाट गरेको निर्णयलाई सबैले पालना गर्नुपर्छ ।

लकडाउनको अवज्ञा प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा पनि भएकोछ ।बिहान देखि मध्यान्ह १२ बजे सम्म पसल खोल्ने निर्णय भएको बताइएपनि साँझ सम्म नै पसलहरु खुल्न थालेका छन् ।सडकमा मोटरसाइकल र हलुका सवारी साधनको चाप बढेकोछ ।

प्रदेश २ मा कोरोना भाइरस बढनुको कारण समयमै पीसीआर जाँच नहुनु प्रमुख कारण रहेपनि त्यस तर्फ प्रदेश सरकार र प्रशासन गंभीर नभएको आरोप राजनीतिकर्मीहरुले लगाएका छन् । प्रदेश २ का सभासद विक्की यादवले सुरक्षित रुपमा बजार खोल्न प्रशासनले व्यवस्था मिलाउनु पर्ने बताए ।

बजार खुल्न थालेसँगै प्रदेशमा यातायातका साधनहरुपनि सञ्चालन हुन थालेका छन् ।छोटो दुरीका सवारी साधनहरु सडकमा गुड्न थालेका छन् ।खाद्यसामग्री ढुवानी र अत्यावश्यक वस्तु ढुवानी लेखिएको अटोहरुमा यात्रु ओहरदोहर गरिरहेको देखिन्छ ।सरकारले लकडाउनको मोडालिटि परिवर्तन गर्ने निर्णय समेत लिन सकेको छैन ् ।

Comment


Related News

Latest News

Trending News