अपडेट 
२०७७ जेष्ठ २७, मंगलवार ०९:१२

काठमाण्डु । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार थप ३ सय १४ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि गरेपछि हाल सम्म संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेकोछ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप भएका संक्रमितहरु मध्ये २ सय ९४ जना पुरुष र २० जना महिला छन् । उनीहरूमध्ये १४ जनाको मृत्यु भएको प्रवक्ता डा.गौतमले जनाए ।सोमवार दिउँसो सम्म कोरोना जितेर ४ सय ८८ जना डिस्चार्ज भएका छन् ।

सोमवार पुष्टि भएका संक्रमितमध्ये सर्वाधिक प्रदेश २ को सर्लाही जिल्लाका १ सय २० जना छन् । सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिकाका ४३ जना, बिष्णु गाउँपालिकाका ३५ जना, ईश्वरपुर नगरपालिकाका १८ जना, चकरघट्टा गाउँपालिकाका १५ जना र बलरा नगरपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको छ ।सर्लाहीकै रामनगर गाउँपालिकास्थित क्वारेन्टिनमा रहेका ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकोछ ।

प्रदेश २ को सप्तरीमा १६ जना, महोत्तरीमा १२ जना, रौतहटमा ११ र पर्सामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाउँदै प्रवक्ता गौतमले बारामा ७ जना संक्रमित थपिएको बताए ।बारा जिल्लामा थपिएका संक्रमितहरु मध्ये आमासँगै ३ वर्षीया बालिका पनि छिन् ।

पछिल्लो २४ घण्टामा प्रदेश २ मा ७ जना महिला सहित १ एक सय ७४ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै प्रदेश २ मा संक्रमितको कुल संख्या १ हजार ३ सय ३१ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा.गौतमका अनुसार चितवनमा २ चिकित्सकसहित २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका परीक्षणमा चितवनका १७ जना, नवलपरासी पूर्वका ५ जना र धादिङका १ जनाको रिपोर्ट पोजेटिभ आएको गौतमले जनाए ।उनका अनुसार स्याङ्जाका ६० वर्षीय पुरुष र पोखराका ४२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार मोरङमा ९ जनामा संक्रमण पुष्टि भएको छ , भने झापा गौरीगञ्ज गाउँपालिका ६ जना र सुनसरीको कोसी गाउँपालिकाका १९ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै, हल्दीबारी क्वारेटिनमा रहेका झापाका ३ जना र पाँचथर लालीखर्चका २३ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जनाए ।

प्रवक्ता गौतमले जनाए अनुसार अर्घाखाँचीमा ३१ जना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरु मध्ये ३० जना कोरोना भाइरसको संक्रमणबाट मत्यु भएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका युवकको सम्पर्कमा आएकाहरू हुन् । उनको भारतबाट मजदुरी गरी फर्कने क्रममा जेठ १० गते बाटोमै मृत्यु भएको थियो ।

यस्तै, कपिलवस्तुका २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरूमध्ये सात जना महाराजगञ्जका छन् । बर्दियाका १८ जना, रुपन्देहीका ५ जना, दाङका ४ जना, बाँकेका १ जना र नवलपरासीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकोछ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाए अनुसार लुम्बिनी मेडिकल कलेजमा उपचाररत गुल्मीकी ३२ वर्षीया महिला र पाल्पाका १ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएकोेछ ।त्यसैगरि दैलेखका १० जना, सल्यानका ६ जना र सुर्खेतका १ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

कोरोना भाइरस संक्रमितको संख्या हरेक दिन बढिरहेपनि पीसीआर टेस्टको गति अत्यन्त सुस्त छ ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६६ नमुनाको पीसीआर टेस्ट गरिएको हो । त्यस मध्ये ३ सय १४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म पीसीआर टेस्टको संख्या १ लाख ९ सय ७१ पुगेको छ ।

भरपर्दो नमानिएको आरडीटी टेस्ट पीसीआरको भन्दा बढी भइरहेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ९ सय ४२ आरडीटी टेस्ट भएको छ । हाल सम्म आरडीटी विधिबाट गरिएको कुल टेस्टको संख्या १ लाख ५६ हजार ९ सय ९१ पुगेको छ । हाल सम्म १ एक लाख ७० हजार सात सय ३२ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News