अपडेट 
२०७७ जेष्ठ २७, मंगलवार १०:०१

सम्पादकीय
समाजवादी पार्टी र राष्ट्र्यि जनता पार्टी(राजपा)एकिकृत भएर जनता समाजवादी पार्टी निर्वाचन आयोगमा विधिवत दर्ता भएकोछ ।दलको औपचारिक प्रमाण पत्र आयोगले डेढ महिना भित्र दिनुपर्छ ।कानुनी प्रकृया अगाडी बढेकोछ ।त्यसको चाँडै टुंगोपनि लाग्नेछ ।तर तराई मधेशका जनता, आदीवासी, जनजाती, दलित, मुस्लिमका लागि दुई दलबीचको एकिकरण ऐतिहासिक उपलब्धि हो ।

दुवै दल मिल्नै पर्ने राष्ट्र्यि आवश्यकता थियो ।देशमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली काँग्रेस(नेकाँ)को बैकल्पिक दलको आवश्यकतालाई जनता समाजवादी पार्टी(जसपा)ले पुरा गर्नेछ ।पार्टी दर्ताको बखत बनाइएको केन्द्रिय समितिमा राष्ट्रियता झल्किने अनुहारहरु छन् ।हिमाल, पहाड, तराई सबैको प्रतिनिधित्व छ ।देशको सबै जिल्लामा संगठन गर्न सक्ने जगमा जसपा उभिएकोछ ।नेकपाको हैकम र काँग्रेसको ढुलमुल नीतिमा अब सुधार गर्नैपर्ने दवाव बढेकोछ ।जसपा गठनमा समाजवादी पार्टीका नेताहरुले अविश्वसनिय त्याग गरेका छन् ।

देशमा सशक्त संगठन निर्माण गर्न सफल भएका उपेन्द्र यादव वरियतामा दोस्रो स्थानमै चित बुझाएका छन् ।देशको पूर्व प्रधानमन्त्री एवं जनशक्ति पार्टीका अध्यक्ष रहिसकेका डा.बाबुराम भट्टराई समाजवादी पार्टीमा शीर्षमा थिए ।पार्टी एकिकरणका लागि उनी चौथो स्थानमा बस्न सहर्ष तयार भए ।समाजवादी पार्टीको अधिकांश जिल्लामा सकृय संगठनछ ।हरेक निकायको अधिवेशनबाट नेतृत्व चयन भएर संगठन अगाडी बढेकोछ ।उपेन्द्र यादवको परिवारका कोही सदस्य केन्द्रिय समितिमा छैन् ।न, त उनका आसेपासेहरु कोही छन् ।

राजपामा २ महिने संयोजक रहेका महन्थ ठाकुर वरियतामा शीर्षमा छन् ।४वर्षमा उनले राजपाको कुनै निकायको अधिवेशन समेत गर्न सकेन् ।भातृ संगठनहरु धराशायी नै भइसकेका छन् ।उनले केन्द्रिय समितिमा राखेका सदस्यहरु मध्ये बढीमा २ जना बाहेक कोही चुनाव जित्ने हैसियत राख्दैनन् ।त्यो घेराबन्दीमा उनी फेरी परेका छन् ।सम्धी उमाकान्त झालाईपनि समितिमा राखेका छन् ।महन्थ ठाकुर काँग्रेसमा हुँदा महेन्द्रनारायण निधिलाई प्रधानमन्त्री हुनबाट रोकेका थिए ।गिरिजाप्रसाद कोइरालाको स्तुतीगानगर्दै उनी काँग्रेसमा रहुञ्जेल सत्तामा थिए ।

त्यहाँबाट हटेपछि गठन गरेको तराई मधेश लोकतान्त्रिक पार्टीमा भएका अधिकांशले उनलाई छाडेका थिए ।राजपा सम्मको यात्रातयगर्दा अध्यक्ष मण्डलमा उनको हैसियत अनिल झा, राजकिसोर यादव, शरतसिंह भण्डारी, महेन्द्र यादव र राजेन्द्र महतो सरह नै थियो ।उनलाई २ वर्ष सम्म राजपाको संयोजक बनाइदा पार्टीको केन्द्रिय समितिमा आसेपासे थप्न बाहेक केहि गरेनन् ।६ जना अध्यक्ष रहेर स्थानीय, प्रदेश र संसदमा समाजवादी पार्टीलाई उछिन्न सकेन् ।

संकिर्ण सोंच, चरम स्वार्थी, परिवार र जातिय घेरामा रहने ठाकुरले जसपालाई दर्ता गर्न नदिन अन्तिम सम्म अध्यक्ष बन्ने हठ गरिरहे ।व्यक्तिगत स्वार्थ भन्दा जसपाको दर्ता महत्वपूर्ण भएको निर्णयलिदै समाजवादीका नेताहरुले ठाकुरलाई स्वीकार गरे ।जसपालाईपनि उनले राजपा जस्तै राख्ने अथवा समाजवादी पार्टी जस्तो व्यवस्थित सगठन बनाएर बैकल्पिक राजनीतिक शक्ति बन्ने त्यो हेर्न बाँकी छ ।समाजवादी पार्टीका नेताहरुले गरेको सार्थक त्यागको उच्च मुल्यांकन भइरहेकोछ ।

Comment


Related News

Latest News

Trending News