अपडेट 
२०७७ जेष्ठ २८, बुधबार ०८:०१

जनकपुरधाम ।प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि प्रदेश सभामा बुधवारदेखि छलफल सुरु हुने भएकोछ ।प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख तिलक परिवारले आइतवार वाचन गरेका थिए ।

प्रदेश प्रमुखलाई सोही धन्यवाद ज्ञापनगर्दै स्थगित भएको बैठक बुधवार बस्ने प्रदेश सभाका सचिव रञ्जित यादवले जनाए ।

‘प्रदेश सरकारको नीति तथा कार्यक्रम मात्र कार्यसुचीमा रहेकोछ’ उनले भने, नीति तथा कार्यक्रममाथि दुई दिन छलफल हुने र विहिवार नै निर्णायार्थ प्रस्तुत हुनेछ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई विपक्षी दलहरुले समेत सर्वसम्मतीबाट पारित गर्ने संभावना बढेकोछ ।विपक्षी दलहरुलाई समेत विश्वासमा लिएको सरकारका लागि नीति तथा कार्यक्रम पारित गराउन सहज नै हुने एकजना सभासदले जनाए ।

प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत हुन नदिने अडानमा रहेका सत्ता र विपक्षका सभासदहरुको गत वर्षको बक्यौता अगामी आर्थिक वर्षमा भुक्तानी गर्न सरकारले बजेटमै रकम विनियोजन गर्ने प्रतिबद्धता जनाएपछि सबै एकजुट भएका छन् ।

प्रदेश सभामा अहिले मुख्य एजेण्डा भनेकै गत आर्थिक वर्षको उपभोक्ता समिति मार्फत गरिएको कामको ८७ करोड रुपैया भुक्तानी रहेकोछ ।सो रकम भुक्तानीका लागि प्रदेश सरकारले पटक पटक प्रतिबद्धता जनाएपनि हाल सम्म रकम भुक्तानी हुन सकेको छैन् ।

प्रदेश सरकारले १० कट्ठा जग्गा हुने र स्वयं कृषि कर्म गर्ने किसानहरुलाई वार्षिक १० हजार खातामा हाल्ने र मुसहर, डोम, मेस्तर र हलखोर जातिलाई प्रति परिवार मासिक ५ हजार रकम उपलब्ध गराइने घोषणा नीति तथा कार्यक्रममा गरेकोछ ।

प्रदेश सरकारले अल्पकालिन र दीर्घकालिन रुपमा ठोस कार्यक्रम ल्याए, नल्याएबारे प्रदेस सभा सदस्यहरुको चासोको विषय बनेको छैन् ।नीति तथा कार्यक्रममा दुई दिन सम्म छलफल चलेपनि सिमित सभासदहरुले मात्र भाग लिने देखिएकोछ ।

कोराना भाइरसको कारण प्रदेश सभाको बैठकमा सहभागि हुन दलहरुले सभासदहरुलाई आलोपालो समय निर्धारण गरेकाछन् ।प्रदेशको अगामी आर्थिक वर्षको बजेट असार १ गते आउने संभावना छ ।सरकारको नीति तथा कार्यक्रम फराकिलो भएपनि बजेटको सिलिंग कम रहेको बताइन्छ ।

Comment


Related News

Latest News

Trending News