अपडेट 
२०७७ जेष्ठ २८, बुधबार ०८:२०

जनकपुरधाम ।पर्सा जिल्लाका सांसद र पालिकाका अध्यक्ष र प्रमुखहरुको टोली मन्त्रालयहरुमा बजेट माग्न जनकपुरधाममा मंगलवार सकृय थिए ।

जनता समाजवादी पार्टी(जसपा)को तर्फबाट पर्सा जिल्ला ३ का संघीय सांसद हरीनारायण रौनियारको अगुवाईमा नगर र गाउँपालिकाका प्रमुखहरु सहितको टोलीले मुख्यमन्त्री लालबाबु राउतसित भेंटेर कोरोना भाइरसको कहर जारी रहेको बेला सहयोग गर्न आग्रह गरे ।

पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने सुखवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल, पकहा मैनपुरका विजय चौरसिया र बिन्दवासिनीका श्री मोदी, जसपाका नेजामुदिन समासी सहितको टोलीले क्षेत्रको विकासका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरे ।

‘क्षेत्रमा रहेका विभिन्न समस्याहरुका लागि सम्बन्धित मन्त्रालयमा मागपत्र बुझाएका छौ’सांसद रौनियारले भने, सडक, खानेपानी, ढल, स्वास्थ्य, शिक्षा, पूर्वाधार, पर्यटन लगायतमा प्रदेश सरकारले अगामी आर्थिक वर्षको बजेटमा रकम विनियोन गर्न आग्रह गरेकाछौ ।

सो टोलीले आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय, समाजिक विकास मन्त्री नवलकिसोर साह, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव, भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहलाई भेंटेको बताइएकोछ ।

Comment


Related News