अपडेट 
२०७७ जेष्ठ ३०, शुक्रबार १०:४३

जनकपुरधाम । धनुषाको सबैलास्थित इलाका प्रहरी कार्यालयको थुनाभित्रै मृत फेला परेका शम्भु सदाको हत्या भएको जनाउँदै नेपाल राष्ट्रिय मुसहर संघले घट्नाको छानबिन गर्न माग गरेको छ ।

संघले जिल्ला प्रशासन कार्यालय, धनुषासहित बिभिन्न निकायमा बिहीबार ज्ञापन पत्र बुझाउँदै संघका पदाधिकारीले घट्नाको उच्चस्तरीय छानबिन गर्न माग गरेको हो ।

संघले बुझाएको ज्ञापनमा प्रहरी निरीक्षक चन्द्रभुषण यादवलाई यथासिघ्र निलम्बन गरी प्रहरी हिरासतमा लिई निष्पक्ष छानबिन गर्नुपर्ने, योजनाबद्व रुपमा गरिएको हत्यामा संलग्न तथा संरक्षण गर्ने, इन्जेक्सन लगाउने, राती गुपचुपले मृतककी आमालाई बोलाएर लग्ने जोकोहीलाई पनि तुरन्त हिरासतमा लिई कानुनी कार्वाही गर्नुपर्ने माग गरिएको छ ।

यस्तै, मृतक शम्भु सदाको शरीरलाई पोष्टमार्टम गर्दा मृतक परिवारको तर्फबाट डाक्टर राख्नुपर्ने, प्रहरी दमनमा घाइते भएकाहरुको निःशुल्क उपचारसहित मृतक परिवारलाई क्षतिपूर्ती दिनुपर्ने, मृतक परिवारबाट एक जनालाई रोजगारी र बच्चाहरुको निःशुल्क शिक्षा दिक्षाको व्यवस्था गर्नुपर्ने माग पनि बिज्ञप्तीमा गरिएको छ ।

कर्णाली, प्रदेशको रुकुम जिल्लामा भएको नरसंहार हत्या लगायत देशभरि दलितमाथि भएको हत्या, बलात्कार, हिंसाको घटनाको छानबिन गरी दोषीलाई कार्वाही गर्नुपर्ने माग गर्दै बिज्ञप्तीमा यी मागहरु अबिलम्ब पूरा नभए कडा भन्दा कडा आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।

संघका पदाधिकारीले बिहीबार जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन समेत गरेका थिए ।

Comment


Related News

Latest News

Trending News