अपडेट 
२०७७ जेष्ठ ३०, शुक्रबार ११:१७

सिकेन्द्र पासवान
कलैया ।
एक घर, एक व्यक्तिको पीसीआर टेस्टको माँग गर्दै फेटा गाँउपालिका–१ का युवाहरुले बिहीबार भलुही चौकमा प्रदर्शन गरेका छन् ।

विभिन्न नारा सहितको प्लेकार्ड लिएर युवाहरुले प्रदर्शन गरेका हुन् । सो क्रममा युवाहरुले मास्क लगाएर समाजिक दुरी कायम गर्दै स्थानिय निकाय पहलमा एक घर, कम्तिमा एक व्यक्तिको पीसीआर टेस्ट गरि कोरोनाको संक्रमण रोक्न अभियान संचालन गरेको स्थानिय युवा विक्की महतोले बताए ।

हामी प्रदेश र संघ चिन्दैनौ भन्दै सहभागि युवा राजेश प्रसाद कुशवाहाले भने मात्र लकडाउन थपेर संक्रमण रोकिदैन, टेस्ट हुन जरुरी छ । टेस्ट गर्नको लागि स्थानिय सरकारले पहल गरोस्, कम्तिमा एक परिवारबाट एक जनाको टेस्ट भयो भने संक्रमितलाई उपचार र निरोगीलाई काममा जान सजिलो हुन्छ ।

सबैलाई घरमा थुनेर संक्रमण रोकिनेवाला छैन, त्यसैले अभियानको शुरुवात गरेको उनले बताए । कुनै राजनीतिक विचारधारा नराखी युवा, आम नागरिकको रुपमा हामीले यस अभियानको शुरुवात गरेका छौ उनले थपे । जनताको घरघरमा पुग्न सक्ने पहिलो सरकार स्थानिय सरकार भएकोले यसैको पहलमा टेस्ट हुन जरुरी छ ।

विकासको काम पछि पनि गर्न सकिन्छ, यदि मान्छे बाच्यो भने मात्र त्यो विकास काम लाग्ने हुन्छ , मान्छे नै नभएको गरिएको विकासको को के काम त्यसैले अहिलेको अवस्थामा विकासको कामलाई केही समयको लागि रोकी स्थानिय सरकारको सम्पूर्ण ध्यान कारोना परिक्षणतिर लाग्नुपर्ने यस अभियानको मुल मर्म रहेको सहभागि एक युवाले जानकारी गराए ।

Comment


Related News

Latest News

Trending News