अपडेट 
२०७७ जेष्ठ ३०, शुक्रबार १४:२८

सर्लाही । सर्लाहीमा भएको छुट्टाछुट्टै घट्नामा दुई जनाको ज्यान गएको छ ।करेन्ट लागेर बालिकाको तथा दुर्घटनामा बृद्वाको ज्यान गएको छ ।

हरिपुर्वा नगरपालिका ७ बसतपुर निवासी रबिन्द्र राय यादवकी ९ बर्षीया छोरी मौसम कुमारी यादवको करेन्ट लागेर मृत्यु भएको छ ।

घरको बिजुलीको बोर्डमा पंखाको तार जोड्ने क्रममा अचानक करेन्ट लागी उपचारको लागी लालबन्दी तर्फ लग्ने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, कबिलासी नगरपालिका ५ रनियास्थित भित्री सडक खण्डमा डिजे साउण्ड बोकेको बीआर–०६–एस०९९८ नम्बरको जिपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

स्थानीय रामप्रगाश रामकी ६० बर्षीया पत्नी जानकी देवी रामलाई ठक्कर दिदा घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने गाडीलाई नियन्त्रणमा लिएको तथा फरार भएका चालकको खोजी भइरहेको सर्लाही प्रहरीका प्रबक्ता मदन कुँवरले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News