अपडेट 
२०७७ जेष्ठ ३०, शुक्रबार १२:५३

काठमाण्डु । विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क योङ–सिकले आज राष्ट्रपति निवास शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गर्नुभयो ।

सो अवसरमा उहाँहरुबीच दक्षिण कोरिया र नेपालबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

राजदूत पार्कले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बिदाइ भेट गर्नुभएको थियो ।

Comment


Related News

Latest News

Trending News