अपडेट 
२०७७ जेष्ठ ३१, शनिबार ०९:१८

वीरगञ्ज ।क्वारेन्टाइनमा २०÷२२ दिन बस्दापनि पीसीआर टेस्टको रिर्पोट नआएको भन्दै क्वारेन्टाइनबाट भागेहरुलाई सुरक्षाकर्मीले फेरी क्वारेन्टाइनमा ल्याएका छन् ।

पर्सा जिल्लाको धोबीनी गाउँपालिका वडा नम्बर ४ लङगडीको विद्यालयमा रहेको क्‍वारेन्टाइनबाट भागेका सबै ४४ जनालाई नै प्रहरीले फेरी क्‍वारेन्टाइनमा ल्याएकोछ ।

क्वारेन्टाइनमा रहेका सबै जना विहिवार राती सुरक्षाकर्मीलाई छल्दै भागेका थिए ।उनीहरुलाई पोखरीया इलाका प्रहरी कार्यालय र अन्य चौकीबाट खटिएको प्रहरीले भागेकाहरुलाई घर, टोलबाट खोेजेर ल्याएको बताइएकोछ ।प्रहरीका अनुसार राती २२ जना र शुक्रवार बिहान २२ जनालाई ल्याएर क्वारेन्टाइनमा राखिएकोछ ।उनीहरुको ५ दिन पूर्व नै स्वाब लिएपनि हाल सम्म पीसीआर रिर्पोट आएको छैन् ।

इलाका प्रहरी कार्यालय पोखरियाका ईञ्चार्ज प्रहरी निरीक्षक चन्द्र सिहंले गाउँपालिकाको चौकीदारको सुरक्षा जिम्मामा रहेको क्‍वारेन्टाइनबाट मानिसहरु भागेको सुचना पाए लगतै राती नै प्रहरी परिचालनगरि आधीलाई फिर्ता ल्याइएको बताए ।

क्वारेन्टाइनमा लामो समय अनावश्यक बस्दा संक्रमण सर्ने जोखिम बढी रहेको जनाउँदै उनीहरुले समयमा जाँच नभएकै कारण संक्रमितको संख्या बढेकोबाट चिन्ता बढाएको बताए ।क्वारेन्टाइनमा नै बढी संक्रमितहरु भेंटने गरेकाले त्रास बढाएको उनीहरुको कथन छ ।

Comment


Related News

Latest News

Trending News