अपडेट 
२०७७ जेष्ठ ३१, शनिबार १०:२३

काठमाण्डु ।सरकारले हालै जारी गरेको नेपालको नयाँनक्सालाई संविधानको निसान छापमा समावेश गर्न संविधान संशोधनका लागि संसदमा दर्ता रहेको संविधान संशोधनको पक्षमा जनता समाजवादी पार्टी (जसपा) लेपनि मतदान गर्ने भएकोछ ।

शुक्रबार बसेको जसपा पदाधिकारीको बैठकले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको संयुक्त अध्यक्षतामा बसेको बैठकले संशोधित नक्सालाई निसानछापमा समावेश गर्न हुने संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा उल्लेखछ ।

नेपालको संविधानको अनुसूची–३ मा संशोधन गर्न संसद्मा प्रस्तुत गरिएको नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरिएको विज्ञप्तिमा जनाइएकोछ ।

प्याकेजमै संविधान संशोधन हुनुपर्ने मागगर्दै आएको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा)नेपालले संविधान संशोधनको विधेयक संसदमा दर्ता गराएका छन् ।दुवै दलले संयुुक्त रुपमा दर्ता गराएको संशोधन विधेयक अब पछि मात्र छलफलमा आउनेछ ।

‘जसपाले प्याकेजमै संविधान संशोधनगरि असन्तुष्ट पक्षको माग सम्बोधन गर्न सरकारलाई आग्रहगर्दै आएकोछ’जसपाका केन्द्रिय सदस्य महेन्द्र यादवले भने, तर सरकारले एउटा विषयमा मात्र संशोधन गर्न चाहेकोछ ।राष्ट्रियहितको सवालमा हामीले आफ्ना मागलाई थाँती राखेर संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको उनले बताए ।
‘सरकारले एकै पटक सबै विषयलाई संबोधन गरेको भए संविधान संशोधनपछि सर्वमान्य हुने थियो’उनले भने, तर राष्ट्रियतको सवालमा हामी पछाडी हट्दैनौ ।

संविधान संशोधन विधेयक दर्ता गराएका नेपाली काँग्रेसलेपनि नयाँ नक्सा निसानछापमा समावेश गर्न हुने संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय पहिलै गरिसकेको छ ।

सरकारले संविधान संशोधनलाई सर्वसम्मतीबाट पारितगरि राष्ट्रिय एकताको प्रदर्शनगर्न आग्रहगर्दै आएकोछ ।जसपालेपनि संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेसँगै सर्वसम्मतीबाट संशोधन पारित हुने भएकोछ ।


शनिबार प्रतिनिधिसभामा संविधान संशोधन विधेयकमाथि दफाबार छलफल र विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

नेपालले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरा सहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको छ ।देशको संशोधित नक्सालाई संविधानको अनुसुचिमा समावेश गर्न निशान छाप परिवर्तन गर्नुपर्ने भएकोछ ।सरकारले सो ही प्रयोजनका लागि मात्र संविधान संशोधन दर्ता गराएकोछ ।

अध्यक्षद्वय ठाकुर र यादवले जारी गरेको विज्ञप्तिमा के.पी. शर्मा ओली नेतृत्वको सरकार कोरोना महामारी नियन्त्रण गर्न पूर्ण असफल सिद्ध भएको आरोप लगाएका छन् ।

मुलुकमा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, उद्योग लगायत आर्थिक क्षेत्रमा चरम भ्रष्टाचार, संकट र अनियमितता बढ्दै गएको उल्लेखगर्दै विज्ञप्तिमा भनिएकोछ, ओली सरकारका असफलताका विरुद्ध व्यापक जनप्रदर्शनहरु भईरहेका छन् ।

सरकारले जनताका आवाजलाई सम्वोधन गर्नुकोसट्टा हेपाहा प्रवृति देखाई शान्तिपूर्ण जनप्रदर्शन माथि दमन गरेकोमा सो कार्यको घोर भत्सर्ना गर्दै यस्ता दमनात्मक कार्यलाई बन्द गरी जनताका न्यायोचित आवाजलाई तुरुन्त सम्बोधन गरिनु पर्ने माग गरिएकोछ ।

Comment


Related News