अपडेट 
२०७७ जेष्ठ ३१, शनिबार १३:२१

सुरेन्द्र सिंह
बर्दिबास ।
भंगहा नगरपालिका प्रमुख संजिव साहको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसका स्थानीय नेताहरु लगायतका स्थानीवासीयहरुले धर्ना दिएका छन् ।

उनीहरुले ६ बुद्धे माग राख्दै ३ दिने धर्ना कार्यक्रम राखेका छन् । नगरभित्रका
विपन्न प्रत्येक घर धुरीमा ५० किलो चामल, १० किलो दाल, ३ किलो नुन, र ५ लिटर खाने तेल अविलम्ब राहतको रुपमा उपब्ध होस, किसान लक्षित कार्यक्रम अन्र्तगत हाल मल खाद विऊ अविलम्ब खरिद गरि त्यसको अधि मोलमा उपलब्ध गराउ, सरकारी मापदण्ड अनुसार क्वारेन्टाईन बस्नेहरु खाने बस्ने व्यवस्था गरिदियोस, हानी पुग्ने गरि भई रहेको नदी उतखन्न कार्य तुरन्तबन्द गरियोस, प्रधानमन्त्री रोजगार कार्य अन्र्तगत रोजगार मात्र उपलब्ध हुने कार्यक्रम गरियोस, र बजार ठेक्का तथा नदी जन्य बालुवा गिटी को ठेक्का औनलाईनको आधारमा गरियोस भन्ने मांगका साथ बिहीबारदेखि धर्नामा बसेको नेपाली कांग्रेसका नगर अध्यक्ष रुपनारायण सिंहले बताए ।

सीतापुर बजारमा बसेको धर्नामा नेकपाका स्थानीय नेता अरुण सिंह, रमेश यादव, लालबाबु यादव, मुकुन्द दाहालसहितका छन् भने नेपाली कांग्रेसका स्थानीय नेता विष्णुदेव यादव, नागेश्वर प्रसाद यादव, मदन मोहन यादव, उमाशंकर यादव लगायतका सहभागि छन् ।

यता नगरप्रमुख साहले लोकतन्त्रमा सरकार विरुद्ध धर्ना, आन्दोलन गर्न पाउनु लोकतान्त्रिक अधिकार भएको बताउँदै कोरोना महामारीलाई मध्यजनर गरी गरिएको लकडाउनमा बर्ताको माध्यमबाट समस्या समाधान गर्न राम्रो हुने बताए ।

Comment


Related News