अपडेट 
२०७७ जेष्ठ ३१, शनिबार २२:५७

काठमाण्डू। प्रधानमन्त्री केपी शर्मा ओलीले अब भारतसँग वार्ता गरेर नेपालको भूमि फिर्ता गर्ने बताएका छन् । शनिबार संसदमा निशान छापमा नयाँ नेपालको नक्सा समावेश गर्न भएको संविधान संशोधन भएपछि उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

प्रधानमन्त्री ओलीले छिटै भारतसँग वार्ता हुने बताएका छन् ।‘अब वार्ता हुन्छ, अगाडि बढ्छ,’ उनले भनेका छन् ।

उनले संसदमा राष्ट्रिय अखण्डताको पक्षमा देखिएको एकताको प्रशंसा पनि गरेका छन् ।

उता, शनिबार नेपालको संविधान संशोधन भएर नयाँ नक्सा निशान छापमा समावेश भएपछि भारतले निकै आलोचना गर्दै प्रतिक्रिया दिएको छ ।

Comment


Related News

Latest News

Trending News