अपडेट 
२०७७ जेष्ठ ३२, आईतवार १४:२५

वीरगञ्ज ।धनुषास्थित इलाका प्रहरी कार्यालय सबैलाको थुनुवा कक्षभित्रै मृत भेटिएका शम्भु सदा मुसहरको हत्या भएको भन्दै पर्सामा प्रदर्शन गरिएको छ । प्रहरी कार्यालयमा सदाले आत्महत्या गरेको नभई हत्या भएको दाबी गर्दे सखुवाप्रसौनी गाउँपालिका–५ महुवनका दलित युवाले प्रदर्शन गरेका हुन् । उनीहरुले घटनाको न्यायिक छानविन हुनुपर्ने माग राखेका छन् ।

१०१ दलित युवा नेतृत्वद्वारा गरिएको प्रदर्शनमा सहभागीले ‘पडित परिवारलाई न्यायसहित क्षतिपूर्तिको व्यवस्था गर’, ‘आरोपी विरुद्ध मुद्दा दर्ता गर’, ‘जातिय छुवाछूत अन्त्य गर, जातिय विभेद अन्त्य गर, ‘दलितलाई सामाजिक न्याय देऊ’, ‘सामाजिक स्वतन्त्रताको ग्यारेन्टी गर’, ‘प्रहरी प्रशासनको दमन बन्द गर’ जस्ता नारा लेखिएको प्ले कार्ड बोक्नुको साथै नाराबाजी समेत गरेका थिए ।

धनुषाको सबैला नगरपालिका–१२ बरकुर्बामा बस्ने २३ वर्षीय शम्भु सदा मुसहरको इलाका प्रहरी सबैला कार्यालयमा शव झुण्डिएको अवस्थामा फेला परेको थियो । प्रहरीले उनले आत्महत्या गरेको बताएपनि दलित समुदायले त्यसलाई मानिरहेका छैनन् । उनीहरुले प्रहरी कार्यालय भित्रै हत्या भएको भन्दै दोषीलाई कारबाहीको माग राखेर ठाउँ ठाउँमा प्रदर्शन गरिरहेका छन् ।

Comment


Related News

Latest News

Trending News