अपडेट 
२०७७ असार १, सोमबार ०८:०९

जनकपुरधाम ।प्रदेश २ को अगामी आर्थिक वर्षको बजेट सोमवार आउने भएकोछ ।आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले साँझ ५ बजे प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेकोछ ।

अर्थ मन्त्री यादवले बजेटको सिलिंग घट्ने बताउँदै आएका छन् ।तर अगामी आर्थिक वर्षमापनि प्रदेश सभासदहरुले चालु आर्थिक वर्षमा पाएकै सरह संसदीय निर्वाचन विकास क्षेत्र कार्यक्रम, गत वर्षको बक्यौता झण्डै १ अर्ब पनि बजेट विनियोजन गरिएकोछ ।

कोरोना भाइरसबाट प्रदेशवासीलाई जोगाउने प्रभावकारी कार्यक्रमहरुका लागि बजेटमा प्रयाप्त रकम उपलब्ध गराइएको छैन् ।कनिका छरे जस्तै विभिन्न योजनाहरुमा रकम राखिएकोछ ।

सरकारले उद्योगहरुको उत्पादित वस्तुमा कर बृद्धि गरेकोछ ।संघीय सरकारले नै ६ अर्ब जति कटौती गरेकाले चालु आर्थिक वर्षको भन्दा बजेटको सिलिंग कम रहने बजेट बनाउन सकृय स्रोतले जनाए ।

चालु आर्थिक वर्षको बजेट १५ प्रतिशतको हाराहारीमा मात्र खर्च हुने संभावना छ ।अगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमा चालु तर्फको रकम बढी रहेकोछ ।पुजिँगत तर्फको बजेट चालु भन्दा कम छ ।

Comment


Related News