अपडेट 
२०७७ असार १, सोमबार ०८:१५

सप्तरी । सप्तरीका केहि युवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इम्युनिटी पावर बढाउन भन्दै लसुन, अदुवा र बेसार उपहार स्वरुप पठाएका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना संक्रमणबाट बच्न जनतालाई इम्युनिटी बढाउन अदुवा, बेसार र लसुन खानुपर्ने केहि दिनअघि बताएपछि उनलाई नै यो सामग्री पठाइएको युवाहरुले बताएका छन् ।

यहाँका एक दर्जन युवाले प्रमुख जिल्ला अधिकारी शंकर आचार्य मार्फत आधा किलोका दरले अदुवा, लसुन र बेसार पठाएका छन् ।

‘कोरोना महामारीकाबीच जनतामा सन्त्रास फैलिरहेको बेला प्रधानमन्त्रीले यी खानेकुरा खान प्रेरित गर्नुभएको छ’ सामग्रीसँगै पठाइएको पत्रमा भनिएको छ, “यदी यी वस्तुबाट इम्युनिटी बढ्ने हो भने प्रधानमन्त्रीज्यूको स्वास्थ्य लाभको कामना गर्दै यो सामग्री पठाएका हौं ।”

Comment


Related News

Latest News

Trending News