अपडेट 
२०७७ असार १, सोमबार ०८:२१

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नम्बर ७ लबटोली निवासी अरुण मण्डललाई गोली प्रहार गरी हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

पक्राउ पर्नेमा सोही ठाउँका १९ बर्षिय श्रवण मण्डल रहेको प्रदेश प्रहरी प्रमुख डिआइजी धिरज प्रताप सिंहले बताए । मण्डललाई महोत्तरीको जलेश्वर नगरपालिका ३ स्थित भिठामोडबाट आईतबार पक्राउ गरिएको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक बरुण बहादुर सिंहको नेतृत्वमा खटिएको विशेष टोलीले उनलाई पक्राउ गरेको प्रदेश प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले जानकारी दिए ।

श्रवणले २५ बर्षीय अजयमाथि गत जेठ २७ गते राति गोली प्रहार गरी हत्या गरेका थिए ।

श्रवण, अरुणसहितका युवाहरु घर नजिकैको पोखरीमा गाँजा पिउन बाहिरिएका थिए । गाँजा पिउँदै कुराकानी गरिरहेको अवस्थामा यी व्यक्तिबीच सामान्य विवाद भएको थियो । त्यहीं विवादका क्रममा श्रवणले अरुणमाथि गोली प्रहार गरेका थिए ।

श्रवणले सामान्य विवादकै क्रममा अरुणमाथि गोली चलाएको स्वीकार गरेको डिआइजी सिंहले बताएका छन् ।

Comment


Related News

Latest News

Trending News