२०७७ असार १, सोमबार ०९:२१

जनकपुरधाम । उष्णप्रदेशिय नर्सरी, बागबानी, विकास केन्द्र,जनकपुरधाममा आइतबार वृक्षारोपण गरिएको छ ।

भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र कुमार साहले एक कार्यक्रमका बीच वृक्षारोपण गरेका हुन् ।

वृक्षारोपण गर्दै मन्त्री साहले विश्वव्यापी रुपमा बढ्दो गइरहेको ग्लोबल वार्मिबको प्रभाव न्युनिकरण गर्न वातावरणको संरक्षण गर्नु एक मात्र विकल्प रहेको बताए ।

वृक्षारोपण कार्यक्रममा विभिन्न जातका विरुवाहरु रोपिएको थियो ।सो अवसरमा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा। विमल कुमार निर्मल, कृषि विकास निर्देशनालयका प्रमुख डा। रतन झा, केन्द्र प्रमुख विष्णुकान्त झा लगायत कर्मचारीहरुको उपस्थिति थियो।

Comment

Related News

Latest News

Trending News